ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पश्चिमका घरेलु उद्योगमा ३६ करोड लगानी

Nov 29, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुम पश्चिममा १ हजारभन्दा बढी उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार रुकुममा १ हजार ३ सय ३७ दर्ता भएकामध्ये ३ सय ११ उद्योग निष्क्रिय रहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत रुलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘रुकुम पश्चिममा दर्ता भएका घरेलु उद्योगमा ३६ करोड १४ लाख ९० हजार ५ सय ४० रुपैयाँ लगानी भएको छ । रुकुममा दर्ता भई सञ्चालन भएका उद्योगबाट ४ हजार ९८ जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योग अधिकृत आलेले जानकारी दिए ।

त्यस्तै हालसम्म रुकुम जिल्लामा वाणिज्यतर्फ २ हजार ६ सय ४९ फार्म दर्ता भएका छन् । आर्थिक वर्ष २०४९/५० देखि २०७५/७६ सम्ममा १ हजार ३ उद्योग ४७ उद्योग र २ हजार ६ सय ४९ वाणिज्य फर्म दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिका प्राविधिक खरिदार विजय चन्दले बताए । उनले भने, ‘गत आर्थिक वर्ष २०७४/७५ मा ३ सय ३ ओटा उद्योग दर्ता भएका छन् ।’ विशेषगरी रुकुममा छापाखाना, फर्निचर उद्योग, सिलाइकटाइ, अल्लो उत्पादन उद्योग, नेपाली कागज उद्योग, होटल व्यवसाय, कम्प्युटर इन्ष्टिच्यूट, आर्टिष्ट व्यवसाय, निर्माण व्यवसायलगायत उद्योग तथा वाणिज्य फर्म दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रुकुमले जानकारी दिएको छ
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)