ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली भन्सारबाट करीब ७ अर्बको सामग्री आयात, तरकारी मात्रै २९ हजार मेट्रिक टन

Dec 11, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सार हुँदै भारतबाट ७ अर्ब रुपैयाँबराबरको सामग्री नेपाल भित्रिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ को कात्तिक मसान्तसम्म गौरीफन्टा नाका हुँदै औद्योगिक मेशिनरी औजारदेखि दैनिक उपभोग्य वस्तुसम्म गरी उक्त सामग्रीको आयात भएको पाइएको हो ।

कैलाली भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीका अनुसार यो नाकाबाट सो अवधिसम्ममा २६ करोड ९६ लाख मूल्यबराबरको वस्तु भारत निकासी गरेर कार्यालयले ५ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, ६ अर्ब ६७ करोड ७३ लाखबराबरको सामग्री आयातबाट कार्यालयले १ अर्ब ९८ करोड राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७४/७५ को प्रथम चौमासिकको तुलनामा चालू आवको प्रथम चौमासिकमा २२ करोडभन्दा बढी राजस्व संकलन भएको उनले बताए । १ प्रतिशतमा आयात हुने मकैको मूल्यांकन हाल ५ प्रतिशत पुग्नु, आयात बढ्दै जानुलगायत कारण राजस्व संकलनमा वृद्धि भएको हो ।

कार्यालयको तथ्यांकअनुसार चालू आवको कात्तिक मसान्तसम्म यो नाका हुँदै भारतबाट विभिन्न तरकारी गरी २९ हजार ३ सय ८४ मेट्रिकटन आयात भएको छ भने २ अर्ब ३४ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । पेट्रोलियम आयातबाट कार्यालयले ६९ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ भने तरकारी आयातबाट ३ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकृतसमेत रहेका उप्रेतीले बताए ।

चालू आवको प्रथम चौमासिककै तुलनामा आयात बढ्दै जाने हो भने गत आर्थिक वर्षको तुलनामा चालू आवको अन्त्यसम्ममा झण्डै दोब्बरले आयात बढ्ने देखिएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा यो नाका हुँदै १६ अर्ब ६८ करोड २२ लाख मूल्यबराबरका सामग्री आयात भएर कार्यालयले ४ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ । सो अवधिमा ६२ करोड ७३ लाख मूल्यबराबरको सामग्री निर्यात गरेर ७ लाख १८ हजार राजस्व संकलन गरिएको कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)