ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पूर्वमा व्यावसायिक तरकारी खेतीको लहर

Dec 11, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । पूर्वी रुकुमका १ सय ८० परिवार पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सिस्ने गाउँपालिका–५ का ९० परिवार र भुमे गाउँपालिका–३ मोरावाङका ९० गरी जम्मा १ सय ८० परिवारले व्यावसायिक तरकारी खेती गरेका छन् ।

भुमे–३, मोरावाङका टेकबहादुर पुनले आफ्नो झण्डै एक रोपनी जग्गामा तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । कम लगानी र परिश्रमबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय उनी व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । उनीको बारी अहिले मौसमी र बेमौसमी तरकारी खेतीले भरिएको छ ।

उनको बारीमा वर्षभरी सिमी, भण्टा, काउली, टमाटर खुर्सानी लगायतका तरकारी फल्ने गरेको छ । वार्षिक झण्डै १ लाख २० हजार रुपैयाँको तरकारी विक्रीवितरण गर्ने गरेको उनको भनाइ छ । यस्तै, सिस्ने गाउँपालिका–५, रुकुमकोटका सुन्दर शाहले व्यावसायिक तरकारी खेतीबाट वार्षिक झण्डै १ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । उनीहरूले बेमौसमी तरकारी खेती गर्न प्लाष्टिकको घर प्रयोग गर्ने गरेका छन् ।

टीडीएच बीएमजेडको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र र हुरेड कार्स रुकुमको सहजीकरणमा सञ्चालित खाद्य तथा वातावरण संरक्षण परियोजनाले पूर्वी रुकुमका गाउँगाउँमा व्यावसायिक तरकारी खेतीमा प्रोत्साहन गरेको छ । प्लाष्टिक घर, सिँचाइ कुलो निर्माण र बीउ वितरण गरेर तरकारी खेतीमा किसानलाई आकर्षित गरेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)