ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोदावरीमा करोडौं लगानीको खानेपानी आयोजना बन्दै

Dec 12, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । वर्षौंदेखि खानेपानी समस्याबाट ग्रस्त कैलालीको गोदावरी नगरपालिकाभित्रका विकट ग्रामीण समुदायमा करोडौं लगानीको खानेपानी आयोजना निर्माण हुने भएको छ । गोदावरी नगरपालिका–१०, ११ र १२ वडामा बसोवास गर्ने समुदायमा खानेपानी समस्या बढ्दै गएपछि ७ करोड रुपैयाँको लागतमा २ लाख २५ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिन लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीले जानकारी गराएको छ । सो स्थानमा एउटा बोरिङ, कार्यालय भवन तथा कम्पाउन्ड वाल निर्माण गरिन लागेको डिभिजन प्रमुख मोहन कुँवरले बताए । बन्डेखोलामा सोलारको माध्यमबाट पानी घरघरमा पुर्‍याउन सोलार जडानको काम भइरहेको कार्यालयले उल्लेख गरेको छ । गोदावरी क्षेत्रका विकट ग्रामीण वस्तीमा बसोवास गर्ने ९ सय घरपरिवारलाई खानेपानीको आपूर्ति गर्न खानेपानी आयोजना निर्माण गरिँदै छ । चक्लेखोलामा पाँच लाख रुपैयाँको लागतमा ओभरहेड टंकी निर्माण भइरहेको इन्जिनियर गणेश उपाध्यायले बताए । ८० प्रतिशत नेपाल सरकार तथा २० प्रतिशत जनश्रमदानबाट गोदावरी क्षेत्रमा खानेपानी आयोजना निर्माणको काम भइरहेको उनले जानकारी दिए । विद्युत्को समस्या भएका कारण सबै वस्तीमा खानेपानी पुर्‍याउन समस्या देखिएको र बजेट पर्याप्त नभएको बताइएको छ । पाइप बिछ्याउने र ट्रान्सफरमर जडानको काम पनि चालू आवभित्रै सम्पन्न गर्न सकिने सम्भावना बजेट अभावका कारण नभएको कार्यालयले उल्लेख गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)