ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपहाडी लोकमार्ग : रुकुम खण्डमा काम धमाधम

Dec 14, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम खण्डको काम तीव्ररूपमा अघि बढेको छ । लोकमार्गको रुकुम खण्डमा अघिल्ला वर्षमा ट्र्याक खनिएका सात सडकको स्तरवृद्धिले गति लिएको हो ।

रुकुम पश्चिमको हाँसिबाङ–सेरीगाउँ खण्डबाहेक अन्य सडक कालोपत्रको काम थालिएको छ । रुकुम पूर्वको किबिकोट–पञ्चासे सडक ग्राभेल तथा कालोपत्रका लागि सामग्री जुटाइँदै छ । आगामी ८–१० महीनाभित्र कालोपत्रको काम सम्पन्न हुने यो क्षेत्रको कामको जिम्मेवारी पाएको आशिष चन्द वसन्त केएस निर्माण सेवाका साइट इञ्चार्ज विष्णु रावतले बताए । ‘हामीले जिम्मा पाएको १६ किमी सडक खण्डको काम धमाधम भइरहेको छ,’ उनले भने ।

कालोपत्रका लागि गिट्टी, बालुवा लगायत सामग्री टाढाबाट ल्याउनुपर्दा निर्माणमा केही ढिलाइ भएको रावतले बताए । रुकुम पूर्व र रुकुम पश्चिमका आठ खण्डमा विभाजन गरी सडक निर्माण तीव्र पारिएको छ, जसमा रुकुम पश्चिमको चौरजहारीदेखि चाइनाबगरसम्म एउटा खण्ड हो । १६ किलोमिटर लामो उक्त सडक निर्माणको जिम्मा दिवाचन्द्रा वसन्त कन्स्ट्रक्शनले लिएको छ । त्यस्तै, साढे १६ किलोमिटर लामो चाइनाबगर–हाँसिबाङ खण्डको निर्माण जिम्मा पनि सोही कम्पनीले पाएको छ ।

हाँसिबाङदेखि सेरीगाउँसम्मको १२ किलोमिटर खण्ड कालोपत्रका लागि ठेक्का आह्वान भएको छैन । रुकुम पश्चिमकै शीतलपोखरीदेखि रिनदहसम्म १४ किलोमिटर, रिनदहदेखि रुकुमकोटसम्म २० किलोमिटर र रुकुमकोटदेखि बिकोटसम्म १६ किलोमिटर सडक निर्माणको जिम्मा कालिका प्यासिफिक कन्स्ट्रक्शनले लिएको छ । यसैगरी रुकुम पूर्वको किबिकोटदेखि पञ्चासेसम्म १६ किलोमिटर सडक आशिषचन्द्र वसन्त केएस र पञ्चासेदेखि पाथिहाल्नासम्म १३ किलोमिटर सडक निर्माणको जिम्मा सिद्धिसाई प्रकाश जेभीलाई दिइएको छ । सबै खण्डमा १ वर्षभित्र कालोपत्र सम्पन्न हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)