ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुम पश्चिममा ‘एक स्थानीय तह एक उद्योग’

Dec 17, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिमका सबै स्थानीय तहमा उद्योग स्थापना गरिने भएको छ । कर्णाली प्रदेश सरकारको सहकार्यमा रुकुम पश्चिमका सबै स्थानीय तहमा कम्तीमा एउटा उद्योग सञ्चालनको तयारी गरिएको हो ।

रुकुम पश्चिमका ६ स्थानीय तहले फरक फरक उद्योग स्थापना गर्न गृहकार्य शुरू गरेका छन् । जसअन्तर्गत स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र सम्भावना रहेका उद्योग सञ्चालनमा ल्याउने बताएका छन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले दुग्ध चिस्यान र बीउ प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ भने आठबिसकोट नगरपालिकाले जुस उद्योग र ड्राइफुड उद्योग सञ्चालन गर्ने गृहकार्य शुरू गरेको छ ।

त्यस्तै, चौरजहारी नगरपालिकामा कृषि औजार उत्पादन उद्योग र बीउ प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिएकी छन् भने सानीभेरी गाउँपालिकाले गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकाले अदुवा प्रशोधन केन्द्र र बाँफीकोट गाउँपालिकाले गलैंचा उत्पादन उद्योग स्थापना गर्ने तयारी गरेको बताइएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रुकुम पश्चिमका पाँचओटा स्थानीय तहमा बजेट विनियोजित भइसकेको र बाँफीकोट गाउँपालिकाका लागि प्रक्रिया शुरू भएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । उनले भनिन्, ‘उद्योग स्थापनाका लागि मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा १/१ करोड, चौरजहारी नगरपालिकामा ८० लाख रुपैयाँ र आठबिसकोट नगरपालिकामा १ करोड ४० लाख बजेट विनियोजित गरिएको छ ।

त्यस्तै, त्रिवेणी गाउँपालिकाका लागि २५ लाख बजेट विनियोजित गरिएको छ । प्रदेश सरकारको नीति आउनुअघि नै रुकुमका मुसीकोट र आठबिसकोट नगरपालिकाले उद्योग स्थापनाका लागि काम शुरू गरिसकेका छन् । पहिलो चरणमा मुसीकोट नगरपालिकाले दुग्ध चिस्यान केन्द्र स्थापनाको काम अन्तिम चरणमा पु¥याएको छ । आठबिसकोटले कोडकिङ डिस्लरी उद्योग स्थापना गरिसकेको छ । अन्य ४ स्थानीय तहले पनि चालू आवभित्रै स्थापना हुने र बजेट अपुग भए अर्को आवको बजेटमा व्यवस्था गर्ने मन्त्री केसीले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)