ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डस्टबिन खाली, फोहोर बाहिर

Dec 18, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । केही समयअघि विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा राखेका डस्टबिनहरू अहिले प्रयोगविहीन बनेका छन् । यात्रु तथा स्थानीयले बेवास्ता र दुरुपयोग गर्दा डस्टबिनहरू फुटेर काम नलाग्ने भएका हुन् । महानगरले फोहोर व्यवस्थापन तथा वातावरण सुधार परियोजना अन्तर्गत बजार क्षेत्रमा प्रतिगोटा करीब १९ सय रुपैयाँमा ३ लाख ८० हजारको २ सय डस्टबिन राखेको थियो । डस्टबिन राख्ने कार्यको गएको असार २४ मा महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए । तर, महानगरले राखेका डस्टविनहरूको अहिले कुनैको बिर्को हराएका छन्, कति राखेको ठाउँमा छैनन् । कुनै ठाउँमा दुईओटा राखिएका छन् भने बजार क्षेत्रमा राखिएका डस्टबिनहरू सडकमा तथा फुटपाथमा ढलिराखेका देखिन्छन् । बजारक्षेत्रमा राखिएका ती डस्टबिनहरूमा फोहोर फ्याँकेको भेटिँदैन । डस्टबिन बाहिर फोहोर थुप्रिएको भेटिन्छ । केही डस्टबिनमा स्थानीयले समेत घरबाट कुहिने तथा दुर्गन्धित हुने फोहोरहरू ल्याएर फ्याँक्ने गरेको पाइएको छ । सडकमा हिँड्ने व्यक्तिहरूले डस्टबिनमा फोहोर नफ्याँकेर बाटोमा फ्याँक्ने तथा कसैले वास्ता नगरी डस्टबिन सडकमा ढालेर हिँड्ने गरेको नगरबासीहरू बताउँछन् । डस्टबिन राखेपछि पनि बजार क्षेत्रको सरसफाइमा कुनै परिवर्तन देखिएको छैन । डस्टबिनको प्रयोग नभई थप दुरुपयोग भएका विषयमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने स्थानीय बजारका पसलेहरूलाई समिति बनाएर उनीहरूलाई नै त्यसको जिम्मा दिने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)