ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे ३ लाखमा आधुनिक घट्ट जडान, विद्युत नहुँदा जेनेरेटरबाट सञ्चालन

Dec 18, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

पुस ३, रुकुम । रुकुमको दुर्गम गाउँमा आधुनिक घट्ट जडान गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१४, तिमीले चौराहामा अझै पनि विद्युत् पुग्न सकेको छैन । विद्युत नहुँदा पनि स्थानीय नरेन्द्र कुमार विष्टले आधुनिक विद्युतीय घट्ट सञ्चालनमा ल्याएका हुन् ।

विद्युतीय घट्ट सञ्चालनमा आएपछि मकै, गहुँ, जौलगायतका अन्नबाली पिसानी तथा तोरी, तिल, चिउरीलगायतका तेलहन पेल्न स्थानीयलाई सहज भएको छ । यसअघि गाउँ नजिक खोला नहुँदा पानी घट्टमा पुग्न दुई÷तीन घण्टा हिँडेर सानीभेरीको अधेरी चौरजहारीको मुलखोला जानुपर्ने बाध्यता रहेको स्थानीय अहिभान खड्काले बताए । गाउँमै तेल पेल्ने र अन्न पिस्ने आधुनिक घट्ट निर्माण भएपछि समयको बचत भएको खड्काको भनाइ छ ।

उक्त घट्टमा मकै, गँहु पिस्न प्रतिपाथी २० रुपैयाँ र तोरी पेल्न प्रतिपाथी ४५ रुपैयाँ शुल्क लाग्ने गर्दछ । जेनेरेटरको प्रयोगबाट विद्युतीय घट्न सञ्चालनमा ल्याएको हुँदा केही महुँगो भएको सञ्चालक विष्टले बताए । गाउँमा विद्युत जडान भए शुल्क घट्ने विष्टको भनाइ छ ।

विष्टले ३ लाख ५० हजार रुपैयाँको लगानीमा आधुनिक घट्ट मिल सञ्चालनमा ल्याएको जानकारी गराए । अहिले घट्ट मिलमा अन्न पिस्न र तेलहन पेल्न चौरजहारी–१४ को तिमीले, बञ्चरे, कुमाख, सानीभेरी गाउँपालिकाका चिन्तु, झारपोखरी र चौरजहारी ११–का भालुगोरे, डल्सिङ्गेबाट स्थानीयहरु आउने गरेका छन् ।

भौगलिक विकटताका कारण यो क्षेत्र अझै विकास हुन सकेको छैन । चौरजहारी नगरपालिकाले सडक बिस्तार र सोलार सिस्टमबाट खानेपानी पुर्‍याएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)