ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ करोड ६८ लाखको लागतमा दाङमा चिस्यान केन्द्र स्थापना

Dec 18, 2018  
समाचार प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
पुस ३, दाङ । दाङको लमहीमा साढे ९ करोड रुपैयाँ भन्दा बढीको लगानीमा चिस्यान केन्द्र स्थापना भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रू.२ करोड ९९ लाख ४२ हजार र राप्ती उद्यम प्रालिको रू.६ करोड ६९ लाख ८ हजार गरी रू.९ करोड ६८ लाख ५० हजारको लगानीमा लमही नगरपालिका वडा नं. ३ टिकुलीगढमा चिस्यान केन्द्र स्थापना गरिएको हो । चिस्यान केन्द्र (शितभण्डार)मा तीन ओटा मल्टिचेम्बर रहेको छ । अहिले परीक्षणको रुपमा किसानहरुलाई सेवा दिइरहेको राप्ती उद्यम प्रालिका अध्यक्ष देवानजंग चौधरीले जानकारी दिए । ‘हामी अहिले चिस्यान केन्द्रलाई परीक्षणकै रुपमा सञ्चालन गरिरहेका छौं’, उनले भने । करीव ३ हजार २ सय मेट्रिक टन खाद्यान्न भण्डारण गर्न सकिने क्षमता रहेको उक्त चिस्यान केन्द्र प्रदेश नम्बर ५ कै ठूलो क्षमताको रहेको कम्पनीले बताएको छ । परीक्षणकै रुपमा भए पनि अहिले चिस्यान केन्द्रमा आलु, फलफूल तथा धान भण्डारण गर्ने गरिएको छ । चिस्यान केन्द्रमा १ सय २३ मेट्रिक टन आलु मात्रै भण्डारण गरिएको अध्यक्ष चौधरीको भनाइ छ । आउँदो माघ महीनादेखि दाङ, सल्यान, रोल्पा, प्युठान, अर्घाखाँची र कपिलबस्तुसम्मका कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुहरु चिस्यान केन्द्रमा भण्डारण गरिने छ । चिस्यान केन्द्र सञ्चालनमा आएपछि कृषकहरुमा खुशी आएको छ । तरकारी उत्पादनको लागि लमही क्षेत्र जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)