ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सारको राजस्व ५ महीनामा १६ अर्ब

Dec 19, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ५ महीनामा १६ अर्ब ४० करोड ५२ लाख राजस्व संकलन गरेको छ । यो राजस्व संकलनको लक्ष्यभन्दा ४४ दशमलव ८८ प्रतिशत बढी हो । यस अवधिका लागि राजस्व संकलनको लक्ष्य १६ अर्ब १६ करोड २१ लाख थियो । प्रमुख भन्सार अधिकृत मीमांश अधिकारीका अनुसार गत आर्थिक वर्षको सोही अवधीमा ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजस्व संकलन भएको थियो । राजस्व संकलनको लक्ष्य ११ अर्ब ८७ करोड ३० लाख लक्ष्य रहेकोमा गत आर्थिक वर्षमा लक्ष्य पूरा हुन सकेको थिएन । उक्त भन्सार नाका भएर पैठारी पनि बढेको छ । गत आर्थिक वर्षको मङ्सिरसम्ममा रू. ५२ अर्ब ४५ करोड ३ लाखको मालसामान आयात भएकोमा चालू आर्थिक वर्षको ५ महीनामा ६८ अर्ब २० करोड ७९ लाख ७४ हजार मूल्यबराबरको आयात भएको छ । उक्त नाकाबाट गत आर्थिक वर्षको तुलनामा मालवस्तुको आयात ३० प्रतिशत बढेको छ । आयात वृद्धिले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भए पनि राजस्वमा भने वृद्धि भएको छ । विराटनगर भन्सार नाका भएर पैठारी हुने मुख्य वस्तुमा फलाम, पेट्रोलियम पदार्थ, प्लाष्टिक दाना, मेशिनरी सामान, कच्चा तेल, खाद्यान्न, विद्युतीय सामग्री, मोटर तथा तिनका पार्टपुर्जा लगायत छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)