ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बनाउनेले नै भत्काए सडक

Dec 21, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मुख्य सडक चौरजहारी–खोलागाउँ–नुवाकोट सडकखण्ड ५ दिनदेखि अवरुद्ध भएको छ । नयाँ सडकको रूपमा खन्न लागिएको मेलैनाउली–कालापाथर–मनकोट सडक निर्माण गर्दा स्थानीयले अवरोध गरेपछि पुरानो सडकमा नै खाल्डो खनेर सडक अवरुद्ध गरिएको हो । वडामा गठित श्रम सहकारीले नगरपालिकामा योजनाको सम्झौता गरी सडक खन्ने क्रममा वडा नं. ७ को मेलैनाउलीबाट नाका नदिएपछि विवाद शुरू भएको थियो । वडा नम्बर ७ का स्थानीयले नयाँ सडक खन्दा आफ्नो पुरानो सडक खण्ड ओझेलमा पर्ने भन्दै अवरोध गरेको बताइएको छ । मेलैनाउलीका स्थानीयले नयाँ सडक खन्न नदिएपछि निर्माणको जिम्मा लिएको श्रम सहकारीमार्फत पुरानो सडकमा पनि खन्न नदिने नियतले सडकमा एस्काभेटर लगाई खाल्डो खनेर सडक अवरुद्ध गरिएको स्थानीय डिल्लीबहादुर खत्रीले बताए । नेपाली कांग्रेस चौरजहारीका नेता तिलक भण्डारीले चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माको प्रत्यक्ष निर्देशनमा पुरानो सडकलाई अवरुद्ध पारिएको स्थानीयको बताए । नयाँ सडक निर्माणमा देखिएको विवाद निकालेर नेपाली कांग्रेस सरकारको पालामा निर्माण गरिएको सडक अवरुद्ध पारिएको उनको आरोप छ । नयाँ सडक खन्न खोज्ने र रोक्न खोज्ने स्थानीयबीच तनाव सृजना भएपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले विवाद साम्य पारेको थियो । नगर प्रमुख विशाल शर्माले सडक खन्ने क्रममा केही विवाद सृजना भएको र विवाद टुंग्याउन आफूले पहल गर्ने बताए । ‘मैले वडाध्यक्षसँग कुरा गरेको छु, भत्काएको बाटो मर्मत हुनेछ,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)