ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमा ‘स्याटेलाइट एकाउन्टिङ सिस्टम’ लागू हुँदै

Dec 24, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानलाई बढी यथार्थ देखाउन अबको केही समयमै नेपालमा स्याटेलाइट एकाउन्टिङ सिस्टम’ लागू गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको यथार्थ योगदान पत्ता लगाउन र पर्यटनसँग सम्बन्धित यथार्थ तथ्यांक राख्न ‘स्याटेलाइट एकाउन्टिङ सिस्टम’ लागू गर्ने भएको हो । यो आर्थिक वर्षभित्र आधारभूत सर्वेक्षण सकेर आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा स्याटेलाइट एकाउन्टिङ सिस्टम’ लागू गर्ने तयारी गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन क्षेत्रका सबै सूचकको गणना नगरिएकाले अहिले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान कम देखिएको र यो प्रणालीबाट गणना गर्दा यसको योगदान बढेको पाइने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए । सो प्रणाली लागू भएपछि अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानको सही तथ्यांक प्राप्त हुने मन्त्री अधिकारीको धारणा छ । उनले भने, ‘यस प्रणालीबाट संकलन गरिएको तथ्यांक सार्वजनिक हुनेबित्तिकै मुलुकभित्र सबैभन्दा बढी रोजगारी सृजना गर्ने क्षेत्रका रूपमा पर्यटन क्षेत्र देखिनेछ । वर्ल्ड टुरिजम काउन्सिलका अनुसार अहिले नेपालमा पर्यटन क्षेत्रले करीब ५ लाख रोजगारी सृजना गरेको छ । जुन नेपालको कुल रोजगारीको ३ दशमलव २ प्रतिशत हो । यो सन् २०१८ भित्र ३ दशमलव ९ प्रतिशत पुग्ने काउन्सिलको अनुमान छ । नेपाली तथ्यांकअनुसार अहिले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको २ दशमलव ८ प्रतिशतमात्र योगदान रहेको छ । त्यसमा होटल, ट्राभल, ट्रेकिङ आदि क्षेत्रमात्र समावेश छन् । सन् २०२० सम्ममा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशतसम्म पुग्ने उनले बताए । मन्त्री अधिकारीले अहिलेको २ प्रतिशत तथ्यांक यथार्थ नभएको बताए । ‘हामीले अरू क्षेत्रका तथ्यांक लिँदा अन्तरराष्ट्रिय क्षेत्रको लिने गर्छौं तर पर्यटनको देशकै मात्र लिन्छौं,’ उनले भने, ‘वर्ल्ड टुरिजम काउन्सिलकै तथ्यांकलाई आधार मान्दा पनि नेपालको जीडीपीमा पर्यटनको योगदान ७ दशमलव ८ प्रतिशत अहिल्यै देखिएको छ ।’ वल्र्ड टुरिजम काउन्सिलको तथ्यांकअनुसार २०१७ मा नेपालमा पर्यटन क्षेत्रको योगदान ७ दशमलव ८ प्रतिशत रहेको र २०१८ मा ८ दशमलव २ प्रतिशत पुग्ने अनुमान छ । नेपालमा यसवर्ष १० लाख पर्यटक नेपाल आइसकेको र लगानी र पर्यटनको क्षेत्र फराकिलो बन्दै गएको अवस्थामा यसको योगदान पनि बढ्ने उनले बताए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी त्यस अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । के हो ‘स्याटेलाइट एकाउन्टिङ सिस्टम’ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को गणना गर्न अर्थतन्त्रका कृषि, म्यानुफ्याक्चरिङ आदि क्षेत्रको छुट्टाछुट्टै गणना हुन्छ । तर, ती क्षेत्रको वर्गीकरणमा पर्यटनको छुट्टै वर्ग हुँदैन । पर्यटन क्षेत्रबाट देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान गणना गर्न छुट्टै सहायक (स्याटेलाइट) गणना प्रणाली अपनाइन्छ । पर्यटन क्षेत्रभित्रका विभिन्न सूचकहरू समावेश गरी यो गणना गरिने मन्त्रालयले जानकारी दिएको छ । यो प्रणाली लागू गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । उनले भने, ‘केही प्राविधिक सर्भे पूरा गरेपछि यसको गणना शुरू हुनेछ ।’ अहिले होटल र ट्राभलबाट भएको योगदानलाई मात्र पर्यटन क्षेत्रको योगदान मानिँदै आएको अवस्थामा अन्य क्षेत्रमा पनि पर्यटनबाट पुगेको सहयोग हिसाब गर्न यसले सहयोग गर्नेछ । यसका लागि एक दर्जनभन्दा बढी सर्भे पूरा गर्नुपर्ने उनले बताए । यसका लागि मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा ५ सदस्यीय निर्देशक समिति र नेपाल पर्यटन बोर्डका निर्देशक काशिराज भण्डारीको संयोजकमा ४ सदस्य प्राविधिक समिति गटन गरी काम अघि बढेको उपाध्यायले जानकारी दिए । गठन गरेको समितिले वल्र्ड टुरिजम काउन्सिलसँग प्राविधिक सहयोग लिएर काम अघि बढाइरहेको उपाध्यायले जानकारी दिए । यो गणनाले पर्यटन क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदानको यथार्थ विवरण आउने उनने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)