ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुँदै

Dec 26, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । लुम्बिनीलाई धार्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । पुस २६ देखि २८ गतेसम्म हुने मार्टले बौद्ध पर्यटकीय स्थल र सेवाको अन्तरराष्ट्रिय क्रेता तथा राष्ट्रिय विक्रेताबीच सेवा तथा व्यापार विनिमयको अवसर सृजना गर्ने आयोजकको भनाइ छ । राजधानीबाहिर आयोजना हुने यो सबैभन्दा ठूलो मार्ट भएको र यसबाट नेपालको धार्मिक पर्यटनअन्तर्गत बुद्ध पर्यटनको विकास हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा कार्यक्रम मूल आयोजक समिति संयोजक कृष्णप्रसाद देवकोटाले जानकारी दिए । बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यस्थलको अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न, लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउन र लुम्बिनीलाई महत्त्वपूर्ण ‘पर्यटकीय गन्तव्य स्थल’ को रूपमा विकास गर्न मार्ट फलदायी हुने सचिव देवकोटाले बताए । विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीलाई जमघट गराई व्यापार विनिमयको अवसर सृजना गर्दै नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने मार्टको उद्देश्य रहेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बताए । मार्टकै क्रममा बुद्धसँग सम्बन्धित नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगरलाई जोडेर अन्तरराष्ट्रिय बुद्धिष्ट सर्किट र नेपालभित्रकै लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई समेटेर आन्तरिक बुद्ध सर्किटको घोषणा गरिने नाट्टाका अध्यक्ष सीएन पाण्डेले बताए । मार्टका लागि २ करोड खर्च मार्टका लागि २ करोड रुपैयाँ खर्च हुने भएको छ । नेपाल पर्यटन बोर्डको वार्षिक कार्यक्रम तथा बजेटमा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सञ्चालनका लागि व्यवस्था गरिएको बजेट १ करोड र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को पहलमा पर्यटनसम्बद्ध संघसंस्था र व्यावसायिक संस्थाको सहयोगको १ करोड ८ लाख गरी २ करोड ८ लाख रकम ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९’ का लागि खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)