ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन वर्ष–२०२० कार्यान्वयन उपसमितिको पहिलो बैठक : कामलाई तीव्रता दिने निर्णय

Dec 27, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल पर्यटन वर्ष २०२० को कार्यक्रम कार्यान्वयन उपसमितिको पहिलो बैठकले भ्रमण वर्षको कामलाई तीव्रता दिने निर्णय गरेको छ । गत कात्तिक १६ गते उद्योगी सुरज वैद्यलाई राष्ट्रिय संयोजकमा नियुक्ति गरे पनि पुस २ गते मात्र उपसमितिले पूर्णता पाएको थियो । उपसमितिको पूर्णतापछि बसेको पहिलो बैठकले भ्रमण वर्षका लागि कार्ययोजना बनाएर काम अघि बढाउने निर्णय गरेको समितिका सदस्य सचिव नन्दिनी लाहे थापाले जानकारी दिइन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल भ्रमण वर्ष–२०२० का अध्यक्ष रवीन्द्र अधिकारीले उपसमितिलाई योजनाबद्ध रूपमा काम अघि बढाउन निर्देशन दिए । उनले पर्यटन वर्षका लागि आवश्यक पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको बताउँदै अन्य प्रवद्र्धनका काम समेत सँगसँगै सञ्चालन गर्न निर्देशन दिए । अहिले नै १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गर्नु सकारात्मक सन्देश भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सन् २०२० सम्ममा २० लाख पर्यटक सहजै आउने गरी काम गर्नुपर्ने बताए । उपसमितिले पूर्णता पाएकाले अब योजनाबद्ध रूपमा भ्रमण वर्षका काम अघि बढाइने भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले प्रतिबद्धता व्यक्त गरे । सरकारले गत साता मात्रै सदस्यहरू थप गर्दै १९ सदस्यीय उपसमितिलाई पूर्णता दिएको थियो । उपसमिति सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, पर्यटन मन्त्रालय पर्यटन महाशाखाका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् । यस्तै, अन्य सदस्यमा अनिल चित्रकार, सिर्जना राणा, अवधेश त्रिपाठी, पिप्लव पौडेल, रञ्जित आचार्य, नवराज दाहाल, चारु चड्डा, डा. वासुदेव कोइराला, दाबा स्टेफेन शेर्पा, प्रशान्त सिंह, विजयबहादुर श्रेष्ठ, कृष्णहरि खत्री र सदस्यसचिवमा पर्यटन बोर्डकी वरिष्ठ अधिकृत नन्दिनी लाहे थापा रहेकी छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)