ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बराहतालमा कृषि क्याम्पस बन्दै

Dec 27, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरमा कृषि क्याम्पस सञ्चालन गरिने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन प्राध्यापक जयप्रकाश दत्तको टोलीले उक्त ठाउँको अनुगमन गरी आंगिक क्याम्पस सञ्चालन गर्न सकिने सुझाएपछि प्रक्रिया शुरू भएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरको आंगिक क्याम्पसका रूपमा उक्त क्याम्पस सञ्चालनमा ल्याउन लागिएको छ । कर्णाली प्रदेशकै पहिलो कृषि क्याम्पसका रूपमा स्नातक तहसम्मको पढाइ शुरू गराउन आवश्यक प्रक्रिया थालिएको सरोकारवालाले बताएका छन् । पहिलो चरणमा बीएसी एजीसम्म सञ्चालनका लागि सबै प्रक्रिया अघि बढाइएको क्याम्पस सञ्चालन मूल समितिका सदस्य सचिव नारायणप्रसाद सिग्लेलले बताए । ‘क्याम्पसका लागि चाहिने ८ बिगाहा जग्गाको पनि व्यवस्था भइसकेको छ,’ उनले भने । प्रदेश सरकारले आर्थिक भार र विश्वविद्यालयले प्रशासनिक व्यवस्थापन गरे आउँदो चैतदेखि क्याम्पस सञ्चालन गरिने उनको भनाइ छ । प्रस्तावित कर्णाली कृषि क्याम्पसको नयाँ भवन नबन्दासम्म जनज्योति माध्यमिक विद्यालयकै भवनमा बीएसी एजीको पढाइ सञ्चालन हुनेछ । कर्णाली प्रदेशका २३ ओटा विद्यालयमा अहिले आईएसी एजी पढाइ भइरहेको छ । यी विद्यालयमा करीब १ हजार ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘वराहतालमा स्नातक तहको कृषि क्याम्पस स्थापना भए यी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बीएसी एजी पढ्न प्रदेश बाहिर जानु पर्दैैन,’ सदस्य सचिव सिग्देलले भने, ‘एकातिर विद्यार्थीलाई पढ्न सजिलो हुन्छ, अनि अर्कोतिर पश्चिम सुर्खेतको विकासमा पनि टेवा पुग्छ ।’ कर्णाली कृषि क्याम्पस स्थापनाका लागि गठित मूल समितिले सरोकारवालालाई कृषि क्याम्पस स्थापनाका लागि सघाउन आग्रह गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सोमवार ज्ञापनपत्र बुझाउँदै समितिले क्याम्पस सञ्चालनका लागि तत्काल आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ । समितिले मुख्यमन्त्रीसँग संघीय सरकार र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई क्याम्पस सञ्चालनको पहल गरिदिन समेत अनुरोध गरेको छ । कृषि क्याम्पस सञ्चालनले प्रदेशको कृषिक्षेत्रमा ठूलो टेवा पुग्ने भन्दै मुख्यमन्त्री शाहीले सहयोगको प्रतिबद्धता गरे । यता, क्याम्पसका लागि चाहिने जग्गा विश्वविद्यालयको नाममा नामसारी गर्नुका साथै प्रदेश सरकारले आर्थिक व्ययभार बेहोर्ने शर्तमा मात्र पढाइ शुरू गर्न सकिने विश्वविद्यालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)