ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूधमा प्रदेश १ आत्मनिर्भर : पाउडर दूधको आयात रोक्न कृषकको माग

Dec 28, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश–१ का दुग्ध व्यवसायीले मिल्क होलिडेको समस्याले पेशाबाट पलायन हुने अवस्था आएको बताएका छन् । मिल्क होलिडे समस्या समाधानका लागि पाउडर प्लान्टको निर्माण गरी भारतबाट आयातित धूलो दूध प्रतिस्थापन गर्न उनीहरूले सरकारसँग माग गरेका छन् । प्रदेश दूधमा आत्मनिर्भर भइसकेकाले दूधको आयात रोक्न कृषकको माग रहेको छ । प्रदेश–१ मा वार्षिक ५ लाख ६१ हजार १५० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । व्यवसायीले दूध उत्पादनको लागतअनुसार प्रतिफल नपाउँदा पेशाबाट पलायन हुनुपर्ने बाध्यता रहेको दुःखेसो पोखेका छन् । मोरङ बूढीगंगाका दामोदर न्यौपानेले गाईपालन गरेर व्यवसाय गरेको ५ वर्ष भयो । शुरुआतमा उनले चारओटा गाईको दूधका लागि बजार पाइरहेका थिए । बजारमा माग पनि थियो, सोहीअनुसार उनले केही लगानी जुटाई गाई थपे तर अहिले उत्पादन भएको दूधले बजार पाउन सकेको छैन । उनले कृषिलाई प्राथमिकतामा राखेको सरकारले कृषिमैत्री काम गर्न नसकेको गुनासो गरे । न्यौपानेले तत्काल मिल्क होलिडेको समस्या हटाई दूधको बजार विस्तार गर्नुपर्ने बताएका छन् । ‘हामीले उत्पादन गरिरहेको दूधले बजार पाएको छैन, बजारमा भने नानाथरी धूलो दूध विक्री भइरहेको छ,’ उनले भने, ‘राज्यले हामीबाट दूध लिएर पाउडर दूध नै चाहिएको छ भने बनाउनुपर्छ र भारतबाट आयात हुने दूध बन्द गर्नुपर्छ ।’ प्रदेश–१ मा न्यौपाने जस्तै दर्जनौं कृषक यस्ता समस्यासँग जुधिरहेका छन् । प्रदेशमा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा १ सय १६ लिटर उत्पादन भइरहेकाले कृषकलाई लागतअनुसारको मूल्य दिएर मिल्क होलिडेको समस्या समाधान गर्नुपर्नेमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जोड दिए । उनले कृषि उत्पादनलाई बढावा दिन आयातित वस्तु नियन्त्रण गर्नेतर्फ सरकार लागेको बताए । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयद्वारा आयोजित दुग्ध व्यवसायीसँगको अन्तरक्रियामा प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषिको विकास गर्न ६१ करोड बजेट विनियोजन गरेको मुख्यमन्त्री शेरधन राईले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)