ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा ५ लाख लिटर दूध अपुग

Dec 31, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । मागअनुसारको उत्पादन हुन नसक्दा कर्णालीमा दैनिक ५ लाख लिटर दूध अपुग हुने गरेको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताएकी छिन् । शनिवार वीरेन्द्रनगरमा आयोजित नेपाल डेरी एशोसिएशनको २०औं वार्षिक साधारणसभामा उनले दुग्ध उत्पादन बढाउन पशुपालन प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालनको तयारीमा रहेको जानकारी दिइन् । उनले प्रदेशमा हाल दुग्ध विकास संस्थान नभएकोले पनि यस क्षेत्रमा लगानी कम भएको बताइन् । प्रदेश सरकारले आगामी वर्ष दुग्धजन्य वस्तु उत्पादनमा मात्रै विशेष बजेट विनियोजन गर्ने मन्त्री केसीको भनाइ छ । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावले कर्णालीमा कृषि पकेट क्षेत्र तोक्न मन्त्रालयलाई आग्रह गरे । एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुग्ध क्षेत्रको विकासका लागि गोठ सुधार, पशुलाई सन्तुलित आहार र अग्र्यानिक घाँस नै उपयुक्त हुने बताए । हाल कर्णाली प्रदेशमा दैनिक २ लाख लिटर दूध खपत हुने गरेको एशोसिएशनको दाबी छ । त्यसमा दैनिक १ लाख लिटर दूध प्रशोधन हुने गरेको छ । यसबाट १ हजार जनाले प्रत्यक्ष र ३ हजार जनाले अप्रत्यक्ष रोजगारी पाएको एशोसिएशनको तथ्यांक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)