ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा ८५% बीउ आयात

Jan 3, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । कर्णाली प्रदेशमा ८५ प्रतिशत बीउबिजन विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको नेपाल बीउ व्यवसायी संघले बताएको छ । संघले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको बीउ प्रविधि प्रसार अन्तरक्रिया कार्यक्रममा केन्द्रीय अध्यक्ष लक्ष्मीकान्त ढकालले आन्तरिक रूपमा पर्याप्त बीउ उत्पादन हुन नसक्दा बाहिरी मुलुकबाटै आयात भइरहेको जानकारी दिए । उनले कृषिलाई राज्यले पर्याप्त अनुदान दिन नसके अबको दुई वर्षभित्र सरकारी अपेक्षाविपरीत उत्पादन बढ्नुको साटो उल्टो घट्ने दाबी गरे । ‘अहिले पनि यहाँ आवश्यक गुणस्तरीय बीउबिजन मुश्किलले १५ प्रतिशत मात्र आन्तरिक उत्पादन छ,’ उनले भने । राज्यले सस्तो ब्याजदरमा कृषकलाई ऋण उपलब्ध नगराएसम्म कृषिको आधुनिकीकरण, व्यवसायीकरण, बजारीकरण जस्ता नाराले सार्थकता नपाउने उनको भनाइ छ । कार्यक्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेश सरकार कृषिको बृहत् विकासका लागि गुरुयोजना बनाएर अगाडि बढिरहेको जानकारी दिइन् । उनले प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा मात्र बीउबिजनको विकासका लागि ३ करोडभन्दा बढी रकम विनियोजन गरिएको बताइन् । कृषिको विकासका लागि कुनै एक वा अर्को पक्षको कमजोरी देखाउनुभन्दा पनि अब साझा अभियानकै रूपमा सबै जुट्नु आवश्यक रहेको उनले औंल्याइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)