ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बड्डीचौर–गुटु–बेनीघाट सडक : ३ दशक बित्यो, भएन स्तरोन्नति

Jan 3, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेतको बड्डीचौर–गुटु–बेनिघाट सडक साढे ३ दशक बितिसक्दा समेत स्तरोन्नति हुन सकेको छैन । पश्चिम सुर्खेतका कुनाथरी, तरंगा, पोखरीकाँडा, सालकोट, बाबियाचौर, विद्यापुर, तातापानी, घाटगाउँ, गुटु, बिजौरा, लगाम, बेतान लगायत गाउँलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग जोड्ने यो सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् । विकासको गुणस्तरीय पूर्वाधार नहुँदा आफूहरूलाई समस्या भएको चौकुने–८, का भोजराज थापाले गुनासो गरे । ‘जनतालाई सुविधा दिन बनाइएको सडकले झन् सास्ती दिएको छ,’ उनले भने । सडकमा सयौं खाल्डाखुल्डी छन् । कतिपय स्थानमा निकै साँघुरो छ । सवारी साधन सञ्चालन हुँदा उड्ने धूलोले सडक आसपासका घरै छोपिन्छ । ‘चिसो शुरू भयो, आँगनमा बसेर घाम तापौं भने पनि धूलोले टिक्नै सकिँदैन,’ बाबियाचौरका भीम थापाले भने । सडकको केही भाग ग्राभेल गरिएको छ । तर, ग्राभेल गरिएको हो भन्ने पत्याउनै मुश्किल छ । किनकि सडकमा गिट्टीभन्दा बढी धूलो छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनु सुर्खेतका ग्रामीण सडकको समस्या नै हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर यस्ता सडकको स्तरोन्नति नगरिँदा सवारी चालक, यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छ । सडक डिभिजन कार्यालयको प्राथमिकतामा नरहेको यो सडकलाई पूर्व–पश्चिम जोड्ने प्रस्तावित ‘मदन भण्डारी राजमार्ग’ नाम दिइएको छ । सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको उक्त सडक ६ वर्षदेखि जिल्ला समन्वय समितिले मर्मत गर्दै आएको थियो । तर, संघीय संरचना अनुसार जिल्ला समन्वय समितिको भूमिका सीमित पारिएपछि उक्त सडक स्तरोन्नतिको काम न स्थानीय सरकार गरेको छ, न त प्रदेश सरकारले नै गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)