ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ करोडको लगानीमा वाइन उद्योग

Jan 5, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

पुस २१, रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जुस तथा वाइन उद्योग सञ्चालनमा आएको छ । वाइन उत्पादनका लागि कच्चा पदार्थ संकलन तथा प्रशोधनको काम भइरहेको छ । वनमा पाइने डिम्मुर संकलन गरी त्यसको प्रशोधन थालिएको छ । उद्योगमा आठबीसकोट नगरपालिकाको ४० प्रतिशत र नगरपालिका भित्रका उद्यमी तथा युवाहरुको ६० प्रतिशत लगानी छ । स्थानीयको रू. ३ करोड र नगरपालिकाको रू. २ करोड लगानीमा उद्योग सञ्चालन गरिएको ‘कोडकिङ डिस्टलरी’का अध्यक्ष दलबहादुर शाहले बताए । उद्योग सञ्चालनमा आएपछि कच्चा पदार्थ संकलन तथा प्रशोधनका लागि ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै उद्योगमा अन्य कामका लागि पनि त्यतिकै मात्रामा रोजगारी सृजना भएको उद्योग सञ्चालन गरिरहेको कोडकिङ डिस्टलरीले बताएको छ ।

आठविसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले भने, ‘चार वर्षपछि नगरपालिकाका विभिन्न ठाउँमा लगाइएकोे किवी फल्ने र त्यसैबाट १० लाख लिटर वाइन तयार हुने छ ।’ त्यसका लागि २० लाख किलो किवी फल्ने गरी योजना बनाइएको छ । किवि फल्नु अघिसम्म डिम्मुर र च्यूरीबाट वाइन बनाइने र त्यसपछि किविको रसबाट बनाइने छ । त्यसका लागि यसै वर्ष नगरपालिकाले ५० हजार बोट किवि किसानलाई वितरण गरेको छ ।

४ वर्षसम्म उद्योगमा १० करोड लगानी पुर्‍याइने र त्यसबाट १० लाख लिटर वाइन उत्पादन गर्ने योजना रहेको आठविसोट नगरपालिकाले जानकारी दिएको छ । आठबिसकोटमा उत्पादन भएको वाइन तथा जुसलाई देशबाहिर निर्यात गर्ने योजना नगरपालिकाको छ ।

आठविसकोट नगरपालिका क्षेत्रभित्र उत्पादन हुने फलफूलहरु स्याउ, सुन्तला, कागती, अमिलो, लगायतका जंगलमा खेर गएका बयर, गुलाफी ज्याम्नो, डिम्मुर लगायतका फलफूल प्रशोधन गरिने आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले बताए । अबको दुई वर्षपछि आठबिसकोट नगर क्षेत्रभित्रका झण्डै ७ हजारभन्दा बढी मजदुरले रोजगारी पाउने अधिकृत केसीले बताए ।

यसका साथै आठबिसकोट नगरपालिकाले प्लाईउड उद्योग पनि सञ्चालन गर्ने तयारी गरेको छ । आठबिसकोट नगरपालिकाले रोजगारी सृजना गर्न विभिन्न उद्योगहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)