ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्षेत्रीय शहरी विकास आयोजना : नगरपालिकालाई कार्यान्वयनमा चुनौती

Jan 6, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । एशियाली विकास बैङ्क (एडीबी) को सहुलियत ऋण लगानीमा सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय शहरी विकास आयोजना चालू हुने बताइए पनि आयोजना कार्यालय स्थापना भएको एक वर्षसम्म कुनै काम हुन सकेको छैन । सरकारले सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका चारओटा नगरपालिकालाई क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयनका लागि अर्बौं रुपैयाँ अनुदानको रूपमा उपलब्ध गराइसकेको छ । उक्त आयोजना कार्यान्वयनमा ल्याउन धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका (कैलाली), शुक्लाफाँटा नगरपालिका तथा भीमदत्त नगरपालिका (कञ्चनपुर) लाई चुनौती देखिएको हो । आयोजना कार्यान्वयन गर्ने चारओटा नगरपालिकाले फोहोरमैला (ल्याण्डफिल साइट) टुंगो लगाउनमै एक वर्ष खर्चिएका छन् । एकपटक सहमति गरेर फोहोरमैला व्यवस्थापनको टुंगो लगाउँदा बीचमा पुनः स्थानीयको विरोधले पहिलो चरणको काम नै अघि बढ्न नसकेको सम्बन्धित कार्यालयहरूले बताएका छन् । गोदावरी नगरपालिका (अत्तरिया) र शुक्लाफाँटा नगरपालिका कञ्चनपुरले फोहोरमैला व्यवस्थापनका लागि स्थान छनोट भइरहेको बताएका छन् । भीमदत्त नगरपालिका र धनगढी उपमहानगरपालिका कार्यालयलाई पनि फोहोरमैला व्यवस्थापनका लागि स्थान छनोटमै समस्या भएको हो । अरू ठाउँमा विकासका योजना लैजाने हाम्रो ठाउँमा फोहोरमैला थुपार्ने भन्दै धनगढी उपमहानगरपालिका–२ स्थित मोहना नदी किनारमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न नदिन वडा नम्बर १ का बासिन्दा विरोधमा उत्रेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)