ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपर तामाकोशी आयोजना : स्थानीय बाहेक अन्यको शेयर कारोबारमा आउँदै

Jan 6, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । तीन चरणमा आईपीओ जारी गरेर बाँडफाँट समेत भइसकेको अपर तामाकोशी आयोजनाको शेयर सूचीकरणको अन्तिम चरणमा रहेको कम्पनीले बताएको छ । सीडीएस एन्ड क्लीयरिङ लिमिटेडको स्वीकृतिपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरणका लागि निवेदन दिइएको कम्पनीका सचिव राम सुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अबको केही दिनमै शेयर सूचीकरण हुनेछ । सूचीकरणपछि ३ वर्षदेखि लगानी गरिबसेका कर्मचारीको सहित शेयर कारोबारमा आउनेछ । आयोजनाको शेयर पहिलो चरणमा कर्मचारीका लागि २०७२ जेठ २९ गते जारी गरिएको थियो । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारी (नेपाल विद्युत् प्राधिकरण र कोषका बाहेक)लाई १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता, ऋण दिने संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीलाई ३० लाख ४९ हजार ९ सय २० कित्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार ५ सय ६० कित्ता गरी कुल २ करोड ५४ लाख १६ हजार कित्ता शेयर विक्री गरेको थियो । यस कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई १ करोड ५ लाख ९० हजार र तेस्रो चरणमा सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर विक्री गरेको हो । दोस्रो चरणमा स्थानीयलाई साउन १६ देखि भदौ २१ गतेसम्म शेयर जारी गरी कात्तिक १४ गते बाँडफाँट गरेको थियो । स्थानीयलाई बाँडफाँट गरेको भोलिपल्ट कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई शेयर जारी गरी मङ्सिर ११ गते बाँडफाँट गरको थियो । तीनै चरणमा वितरित शेयर सूचीकरण भए पनि आयोजना प्रभावित स्थानीयले भने आगामी ३ वर्षपछि मात्र कारोबार गर्न पाउनेछन् । स्थानीयका लागि जारी गरिएको शेयरको कुलिङ पिरियड ३ वर्ष रहेको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्थानीय बासिन्दाको साथ र सहयोगका कारण यसै वर्षको अन्त्यसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको बताए । ८ लाखभन्दा बढी लगानीकर्ता रहेको कम्पनीले आगामी ३ वर्षभित्र लाभांश दिने समेत उनले घोषणा गरेका छन् । यस कम्पनीमा नेपाल विद्युत् प्राधिकरण सहित नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोष संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको निर्माणाधिन ४ सय ५६ मेगावाटको जलविद्युत् आयोजना तामाकोशी नदीमा अवस्थित छ । ६ वर्षे निर्माण अवधि रहेको यस आयोजना निर्माण अवधिको ब्याज सहितको लागत ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार पुग्ने अनुमान गरिएको छ । यसअघि २०६५ चैत ७ गते सञ्चालक समितिको निर्णय अनुसार आयोजनाको निर्माण अवधिको ब्याज सहितको कुल लागत अनुमान ४८ अर्ब ८६ करोड ४० लाख थियो । भूकम्पले आयोजनाका केही भौतिक संरचनामा समेत क्षति पुगेको थियो । त्यसपछि नयाँ संरचना बनाउनुपर्ने भएकाले लागत बढ्ने अनुमान कम्पनीको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)