ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्यान इन्फोटेकमा अफरै अफर

Jan 7, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगरस्थित जैन भवनमा जारी सुविसु क्यान इन्फोटेक–२०१९ मा विभिन्न अफरका कारण अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा स्टल राख्ने कम्पनीले विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छूट दिएकाले आकर्षण बढेको हो । शुक्रवार र शनिवार इन्फोटेक १०औं हजारले अवलोकन गरेको आयोजक क्यान मोरङका सचिव सुमित शाहले जानकारी दिए । काठमाडौं विश्वविद्यालयका प्राडा मनीष पोखरेल, तुषार न्यौपानेलगायतले विद्युतीय सुशासन तथा स्मार्ट सिटीमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालाको सञ्चालन तथा प्रस्तुति लिभिङ विथ आइसिटीका प्रधान सम्पादक राजन लम्सालले गरेका थिए । कार्यशालामा विभिन्न नगरपालिकाका प्रतिनिधिसहित ७० जनाको सहभागिता रहेको थियो । क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा बिहीवार शुरू भएको इन्फोटेकमा सहभागी कम्पनीले विभिन्न अफर दिइरहेका छन् । ल्यापटप, कम्प्युटर, एन्टिभाइरस, प्रिन्टर तथा सिसिटिभीलगायत सामानमा कम्पनीहरूले आकर्षक छूट दिएका छन् । इन्टरनेट प्रदायक कम्पनी सुविसुले सस्तो प्याकेजमा इन्टरनेट सुविधाको प्याकेज दिएको छ । इन्फोटेकमा पहिलो पटक विभिन्न उत्पादन सार्वजनिक भएका छन् । विन्डोज वान बोर्ड अफिस, योगा बुक र केही अत्याधुनिक सिसिटिभी क्यामेरा इन्फोटेकमा नयाँ उत्पादनका रूपमा रहेका छन् । १ सयभन्दा बढी स्टलमा विभिन्न आकर्षक अफर र छूट जारी रहेको आयोजकले जानकारी दिएको छ । इन्फोटेक सोमवार सकिनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)