ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन्थालमा ५ किलोवाटको सौर्य प्रणाली जडान

Jan 7, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ सन्थालमा सौर्य प्रणालीको बिजुली जडान गरिएको छ । सौर्यबत्ती पुगेपछि स्थानीय बासिन्दाको जीवनयापन सहज भएको छ । सुुकुमवासी तथा विपन्न सन्थाल समुुदायले विद्युत् महशुुल तिर्न नस्कने भन्दै लामो समयदेखि उक्त बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुुग्न सकेको थिएन । उक्त सोलार ५ किलोवाट क्षमताको रहेको इन्जिनियर ज्ञानेन्द्र सिंहले बताए । बत्ती पुगेपछि बालबालिकाको पढाइमा धेरै सहज भएको छ । ‘हाम्रो त दिनचर्या फेरिएको छ,’ स्थानीय रवीन्द्र सन्थालले भने, ‘अब बालबच्चाले राम्ररी पढ्न पाउने भए ।’ मिनिग्रिडबाट जहदाका २ र ७ नम्बर वडाका ८० घरपरिवार लाभान्वित भएका छन् । साढे ६५ लाख रुपैयाँको लागतमा मिनिग्रिड स्थापना गरिएको भन्दै जहदा गाउँपालिकाका प्रमुख कैलाशप्रसाद मण्डलले गाउँपालिकाले साढे १२ लाखभन्दा बढी रकम सहयोग गरेको जानकारी दिए । लामो समयदेखि राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको सन्थाल समुुदायको बस्तीमा उज्यालो पुुर्‍याउन सोलार बत्ती जडान गरिएको हो । सुुकुुमवासी सन्थाल समुुदायसँग मिटर जडान गर्र्न रकम नभएको अवस्थामा उनीहरूको घरघरमा उज्यालो पुु¥याउन गाउँपालिकाले परियोजना सञ्चालनमा ल्याएको वडाध्यक्ष भगवान बेसराले बताए । बत्ती नहुँदा उनीहरूको दैनिकी साह्रै कष्टकर थियो । विद्युत्को महशुल उनीहरूले तिर्न सक्ने क्षमता राख्दैनन् । गाउँपालिकाले सन्थाल बस्तीमा उज्यालो कार्यक्रम अन्तर्गत धूँवारहित चूलोसमेत वितरण गरिसकेको छ । यसअघि सो परियोजना अन्तर्गत मिक्लाजुुङ गाउँपालिकाको रमितेखोलास्थित वैकुुण्ठे बजारमा २० किलोवाटको मिनिग्रिड सञ्चालनमा आइसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)