ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्र्याक खुलेको २ दशकपछि सडक स्तरोन्नति

Jan 7, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । जलजला गाउँपालिका ४ मा रहेको ग्रामीण सडक ट्र्याक खुलेको २ दशकपछि स्तरोन्नति शुरू भएको छ । बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि फड्केढुंगा हुँदै मल्लाज जोड्ने ५ किलोमिटर र २५० मिटर सडक स्तरोन्नति गर्न लागिएको हो । ट्र्याक खुलेको २० वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नति शुरू भएको छ । विसं २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्र्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नति गर्न लागेको वडा अध्यक्ष भीष्म मल्लले जानकारी दिए । सडक फराकिलो बनाउने, ग्याबियन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्र गरिने मल्लले जानकारी दिए । गतवर्ष विनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समितिमार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई यस वर्ष ढलान, नाली र पर्खाल निर्माण गरी स्तरोन्नतिलाई पूर्णता दिन लागिएको हो । सडकको प्रवेश बिन्दुमा पर्ने मोहनचोक नजीकै खोलाको किनार र खेतको बीचमा रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताए । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ । सडक स्तरोन्नतिका लागि यस वर्ष गाउँपालिकाले ९९ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष मल्लले बताए । गतवर्ष नयाँ ट्र्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दूरी छोट्याइएको थियो । हाल साढे ३ मिटर रहेको सडक कम्तीमा ८ मिटर फराकिलो बनाइने भएको छ । मोहनचोक–मल्लाज सडक २ दशकदेखि सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो । धेरै वडालाई समेट्ने र पुरानो यस सडकलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेर क्रमागत योजनामा समावेश गरिएको यामबहादुर मल्ल (रामकृष्ण)ले बताए । सडकको डीपीआर बनेपछि अनुमानित लागत तयार पारेर बजेटको स्रोत व्यवस्थापन गरिने उनले बताए । यस सडकको स्तरोन्नति भएपछि स्थानीय बासिन्दालाई आवतजावत र तरकारी, सुन्तला, दूध लगायत कृषि उपज निकासीमा सहज हुने अपेक्षा गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)