ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महानगरको छोरी पढाउ अभियान : दोस्री छोरीको पढाइका लागि २५ हजार बैंकमा जम्मा

Jan 8, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगर महानगर–पालिकाले दु्ई छोरी जन्माउने महिलालाई सोमवार प्रोत्साहनस्वरूप जनही रू. २५ हजार वितरण गरेको छ । भ्रूण हत्या रोक्ने कार्यक्रमअन्तर्गत महानगरपालिकाले पहिलो पटक यस्तो अभियान चलाएको हो । पहिलो र दोस्रो दुवै सन्तान छोरी भएमा दोस्री छोरीको पढाइ खर्चका लागि उक्त रकम ग्लोबल आइएमई बैंकमा जम्मा गरिदिएको हो । कार्यक्रममा विराटनगर ५ की सुनिताकुमारी ठाकुर, सम्झना तामाङ, तारादेवी पोख्रेल र सेलीमाया मगरको दोस्रो छोरीको नाममा आमा संरक्षक रहने गरी बैकमा रकम जम्मा गरिएको थियो । यो कार्यक्रम महानगरले चालू आवमा योजनामा समावेश गरेको थियो । महानगरले गत आवमा छोरी बचाउ अभियान चलाएको थियो । चालू आवदेखि सोही कार्यक्रमसँग जोडेर छोरी पढाउ अभियान सञ्चालन गरिएको हो । छोरी बचाउ अभियानलाई पनि महानगरले निरन्तरता दिँदै आएको छ । यस वर्ष पनि महानगरले निश्चित दायरा पूरा गर्ने २२ दम्पतीलाई रू. ३ हजारसहित सोमवार सम्मान ग¥यो । त्यस्तो सम्मानका लागि विवाहको उमेर कम्तीमा २० वर्ष पूरा, पहिलो सन्तान छोरी, नियमित गर्भ जाँच र अस्पतालमा प्रसुती गराएको हुनुपर्ने प्रावधान रहेको छ । महानगरले छोरीप्रति सम्मान दर्शाउन पहिलोपल्ट यस्ता कार्यक्रम अभियानका रूपमा ल्याएको हो । यसका सहभागी हुनका लागि दम्पतीले महानगरको आग्रहपछि निवेदन दिनुपर्छ । प्राप्त निवेदनका आधारमा प्रावधान पूरा गर्ने दम्पतीलाई नगदसहित सम्मान गर्ने गरिन्छ । यसपटकको सम्मान मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त रूपमा प्रदान गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)