ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली उवासंघ निर्वाचनमा तीन समूहबीच प्रतिस्पर्धा

Jan 9, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । कैलाली उद्योग वाणिज्य संघको यही पुस २८ गते हुने निर्वाचनमा आगामी नेतृत्वका लागि छुट्टाछुट्टै तीन प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघको ४६औं साधारणसभाबाट आगामी नेतृत्वका लागि उद्योगी व्यवसायीले पदाधिकारी चयन गर्नेछन् । यसअघि गत वैशाख २२ गते तय भएको संघको निर्वाचनका लागि दुईओटा प्यानल मात्रै चुनावी मैदानमा थिए । गैरसदस्य हावी भएको भन्दै संघका पदाधिकारी तथा केही उद्योगी व्यवसायीले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेपछि उक्त निर्वाचन तत्कालका लागि स्थगित गर्न उच्च अदालत दिपायलले निर्देशन दिएको थियो । गैरसदस्यता विवाद अन्त्य भएपछि संघको आगामी नेतृत्वका लागि उद्योग वाणिज्य संघका वर्तमान महासचिव रूपेश स्वाँर अध्यक्ष पदसहितको प्यानल, वर्तमान कोषाध्यक्ष पुष्पराज कुँवर अध्यक्ष सम्मिलित प्यानल र संघका वर्तमान कार्यसमिति सदस्य डिल्लीराज अवस्थी अध्यक्ष सम्मिलित अर्को समूह पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ । ‘परिवर्तन खोजौं विकल्प रोजौं’ भन्ने मूल नारासहित डिल्लीराज अवस्थी अध्यक्ष पदका दाबेदार समूहले सोमवार धनगढीमा आफ्नो प्यानल घोषणा गरेको छ भने स्वाँर र कुँवर प्यानलले यसअघि नै आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)