ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषकलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम

Jan 9, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको बताएकी छन् । राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले त्यस्तो बताएकी हुन् । कार्यक्रममा कर्णाली प्रदेशका १० ओटै जिल्लाका किसानको सहभागिता छ । मन्त्री केसीले कर्णालीका किसानको जीवनस्तर परिवर्तन गर्न प्रदेश सरकार लागिपरेको पनि उल्लेख गरिन् । उनले भनिन्, ‘कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन कार्यक्रम अत्यन्त उपयोगी हुने छ ।’ कर्णालीको गरीबीको अन्त्य गरी किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले किसानलक्षित विभिन्न कार्यक्रम गर्न लागेको उनको भनाइ थियो । उनका अनुसार प्रदेश सरकारले कृषकको प्रत्यक्ष हितका लागि कृषक पेन्सन, गरीबी तथा वास्तविक कृषकको पहिचान, किसान– सरकार हातेमालो कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिएको जानकारी दिइन् । कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी लगायत आयोगका पदाधिकारीहरूको पनि सहभागिता छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)