ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङमा इन्टरनेट विस्तार गरिँदै

Jan 10, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । नेपाल टेलिकमले मुस्ताङमा दु्रत गतिको इन्टरनेट सञ्चालनको तयारी गरेको छ । म्याग्दीको बेनीदेखि जोमसोम हुँदै मुक्तिनाथसम्म अप्टिकल फाइबर मार्फत तीव्र गतिको नेट सञ्चालन गर्न लागिएको नेपाल टेलिकम बागलुङ, कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए । उनका अनुसार १ सातादेखि अत्यधिक चिसो बढेकाले तत्कालका लागि यो काम रोकिएको छ । यद्यपि आगामी आर्थिक वर्षदेखि फाइबर नेट सञ्चालनका लागि वायरिङ लगायत प्राविधिक काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका घमी र चराङमा टूजी रेडियो लिंक मोबाइल सेवा विस्तार हुने भएको छ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा विस्तार भएको यो सेवा लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विस्तार गर्न लागिएको हो । रेडियो लिंक विस्तारपछि यहाँका ११ ओटै गाउँमा सञ्चार पहुँच पुग्ने नेपाल टेलिकम, जोमसोम कार्यालयका प्रतिनिधि महेन्द्र गुरुङले जानकारी दिए । नेपाल टेलिकम, जोमसोमले स्याटेलाइट प्रविधिको माध्यमबाट ३ वर्षअघि सञ्चार सेवा सञ्चालनमा ल्याएको हो । तर बेलाबेला ब्याट्रीमा समस्या आउने, फोन तात्ने, टावर नियमित नहुने र विद्युत् हाफ लाइन हुने जस्ता समस्याले सञ्चार सम्पर्क सहज हुन सकेको थिएन । स्याङ्बोचे र चराङका केही क्षेत्रबाहेक अन्य गाउँमा फोन टावरमा समस्या आउँदा यहाँका स्थानीय तथा पर्यटकले सेवा प्राप्त गर्न सकेका थिएनन् । नेपाल टेलिकमले रेडियो लिंक सञ्चालन ल्याएपछि गाउँपालिकाका सबै क्षेत्रमा सञ्चार सेवा पुग्ने नेपाल टेलिकम, मुस्ताङका महेन्द्र गुरुङले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)