ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार कार्यालयमा बिचौलियाको बिगबिगी : एकैदिन सात बिचौलिया प्रहरीको नियन्त्रणमा

Jan 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा बिचौलियाको बिगबिगी बढेको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा बिचौलियाले दुःख दिने गरेका छन् । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति र पुनः श्रमस्वीकृतिको प्रक्रियालाई अनलाइन र टोकन प्रणालीमा लगे पनि सेवाग्राहीले सहजै सेवा पाउन सकेका छैनन् । यसैको फाइदा उठाउँदै बिचौलियाले सेवाग्राहीसँग मोलमोलाई समेत गर्ने गरेका छन् । उनीहरूले काम बनाइदिने बहानामा मोटो रकमसमेत असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

सेवाग्राहीको सूचनाका आधारमा प्रहरीले मंगलवार उक्त कार्यालयमा बिचौलियाको काम गर्दै आएका सात जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मंगलटारका ३७ वर्षीय दीपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । त्यस्तै, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ, पथरीका २४ वर्षीय पुजन राई, काठमाडौं बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङलाई पनि नियन्त्रणमा लिइएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार प्रहरीले यसअघि पनि सोही कार्यालयबाट सेवाग्राहीलाई सास्ती दिँदै आएका बिचौलियालाई पटकपटक नियन्त्रणमा लिँदै आएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेलगत्तै श्रम कार्यालयललाई बिचौलियामुक्त पार्ने अभियान सञ्चालन गरेका छन् । मन्त्री विष्टको सक्रियतामा गृह मन्त्रालयले प्रहरीको एक युनिट श्रम कार्यालयमा खटाएको र सेवाग्राहीको सूचनाका आधारमा सो टोलीले निगरानी बढाएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)