ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘करले उद्योग धराशयी’

Jan 13, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । विराटनगरका उद्योगी व्यापारीहरूले सरकारले लगाएको करका कारण उद्योग व्यवसाय धराशयी भएको गुनासो गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले तीन तहको सरकारले लगाएको करका कारण उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए ।

‘करको चापको कारणले गर्दा हामी चारै तिरबाट दबाबमा छौं,’ उनले भने, ‘औद्योगिक विकास र समृद्धिका लागि छलफल अन्तरक्रिया गरिनुपर्नेमा करका विषयमा छलफल कार्यक्रमको आयोजना गर्नुपर्ने अवस्थाले चित्त दुखेको छ ।’ संगठनका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले करका कारण संघीयता नै असफल हुने सम्भावना रहेको बताए ।

सरकारले विगतमा व्यक्त गरेको करको प्रतिबद्धता पूरा हुनुपर्ने र हरेक स्थानीय सरकारले कर उठाउने काम बन्द गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संविधानमै तीन तहको सरकारलाई कर उठाउने अधिकार दिएको भन्दै करको दर र क्षेत्र भने फरकफरक रहेको बताए । उनले स्थानीय तहमा करमा केही विवाद रहेको धारणा राखे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकार उद्योगी, व्यापारी मैत्री नीति लिएर अगाडि बढेको बताए । उनले स्वदेशी उद्योगहरूको विकास र विस्तार गर्न सरकार लागि परेको बताए । पण्डितले निराशावादी नभई आशावादी भएर अघि बढ्न आग्रह गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)