ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनीस्थल

Jan 14, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगरमा लामो समयदेखि प्रदर्शनीस्थल निर्माणको लागि माग गर्दै आएका यस क्षेत्रका उद्योगी व्यवसायीको माग अन्ततः पूरा हुने भएको छ । तीन तहको सरकार र सम्बन्धित पक्षबीच विराटनगरमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गर्न सम्झौता भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको रोहवरमा स्थानीय सत्यनाराण मन्दिर सञ्चालन समिति र उद्योग संगठन मोरङबीच प्रदर्शनीस्थल निर्माण गर्ने सम्झौता पत्रमा आइतवार हस्ताक्षर भएको हो । विराटनगर महागनरपालिकाको सहकार्यमा वडा नं. ३ स्थित सत्यनारायण मन्दिर सञ्चालन समितिको स्वामित्वमा रहेको जग्गामा सार्वजनिक तथा परोपकारी कार्य गर्ने प्रयोजनस्वरूप प्रदर्शनीस्थल निर्माण गर्न पहल थालिएको उद्योग संगठन मोरङले जानकारी दिएको छ । मन्त्री पण्डितले विराटनगरसहित प्रदेश नं. १ कै लागि महत्त्व राख्ने प्रदर्शनी स्थलको निर्माणले गति लिनु सकारात्मक भएको बताए । प्रदर्शनीस्थल निर्माण भए औद्योगिक उत्पादनको प्रवर्द्धन गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ । आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदर्शनी स्थलको अभावमा उद्योगी व्यवसायीले आफ्नो वस्तु तथा उत्पादनको बजार प्रवर्द्धन गर्नबाट वञ्चित भइरहेको अवस्थामा अब स्थल निर्माण भएपछि त्यो अभावलाई पूर्ति गर्ने धारणा राखे । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रदर्शनीस्थलको शिलान्यास यसै आर्थिक वर्षमा गरी निर्माण कार्यलाई तीव्रता दिने बताए । प्रदर्शनीस्थलले समग्र प्रदेशकै आर्थिक गतिविधिलाई सक्रिय बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)