ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१ अर्ब २५ करोडमा चिनी मिल स्थापना

Jan 15, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा स्थापना भएको चिनी मिल माघको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । कटहरिया–९, डुमरिया टोलमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उद्योगको निर्माण सकिएको हो । करीब एक अर्ब २५ करोड रुपैयाँको लागतमा चिनी उद्योग स्थापना भएको हो । तीन वर्षदेखि निर्माणाधीन उद्योग अब सञ्चालन गर्न लागिएको उद्योगका अध्यक्ष बैजु बाबराले जानकारी दिए । भवन निर्माणका अधिकांश काम सकिएको र उपकरण तथा मेशिनहरू जडान भइसकेको उनले बताए । उनका अनुसार करीब ११ बिगाहामा रहेको सो मिलमा करीब ५ सय जनाले रोजगारी पाउनेछन् । स्थानीयलाई नै प्राथमिकता दिएर कर्मचारी नियुक्ति गर्ने उनले बताए । सञ्चालनमा आउनुअघि नै मिलले उखु खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नुका साथै उखुका बीउ समेत उपलब्ध गराइसकेको थियो । ती कृषकहरूले मिललाई उखु दिन तयार रहेकाले माघको पहिलो सातामा नै क्रसिङ गरिने उनले बताए । किसानलाई उखु खरीद गर्ने चलान पूर्जी छपाइको काम मिलले शुरू गरिसकेको छ । मिलले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ र तीन हजार बोरा चिनी उत्पादन गर्ने अनुमान गरिएको छ । नयाँ उपकरण जडान भएका कारण यस वर्ष १० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको अध्यक्ष बाबराले बताए । आगामी वर्षमा मिलले उखु क्रसिङ बढाउँदै लैजाने र भुुक्तानीमा किसानलाई कुनै समस्या नहुने उनको दाबी छ । उखु खेतीका लागि उर्बर मानिने रौतहट मात्र नभई छिमेकी जिल्लाको समेत उखु मिलमा आउने अपेक्षा उद्योगले गरेको छ । रौतहटको गरुडामा पनि श्रीराम सुगर मिल्स सञ्चालनमा छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)