ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करोडौं लगानीको कृषि थोक बजार अलपत्र

Jan 17, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । मोरङको कटहरीमा निर्माण गरिएको एकीकृत कृषि थोक बजार निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । महिनौंअघि निर्माण सम्पन्न भए पनि सञ्चालनमा नल्याइएका कारण करोडौं लगानीको सो योजना अलपत्र छ । समयमा सम्पन्न नहुँदा धेरै विकास निर्माणका संरचना प्रयोग गर्न नपाएको गुनासो आइरहेको बेला मोरङको कटहरी गाउँपालिका जमटोकीको एकीकृत कृषि थोक बजार निर्माण सम्पन्न भएको डेढ महीना भइसक्दा समेत प्रयोगमा आउन नसकेको हो । प्रधानमन्त्रीबाटै उद्घाटन गराउने सम्बन्धित निकायको चाहनाका कारण सो बजार सञ्चालनमा आउन नसकेको बताइन्छ । गत कात्तिक १७ गतेअघि नै सो कृषि थोक बजारको निर्माण सम्पन्न भइसकेको र पटकपटक उद्घाटन कार्यक्रम सारिएकाले ठेकेदार कम्पनीले अनावश्यक खर्च व्यहोर्नु परिरहेको ठेकेदार कम्पनीका कर्मचारीले बताएका छन् । यता निर्माण समितिसँग सम्बद्ध पदाधिकारीहरूले भने बजार सञ्चालन र स्वामित्वका विषयमा संघीय र प्रदेश सरकारबीच विवाद रहेको जानकारी दिएका छन् । बजार सञ्चालनका निम्ति आवश्यक नीतिसमेत निर्माण हुन नसकेकाले ढिलाइ भएको हुनसक्ने बजार समितिका निर्देशक देवराज चौधरीले बताए । बजारको निर्माण सकिए पनि आवश्यक सडक बन्न सकेको छैन । बजारका लागि आवश्यक सडक लगायतका पूर्वाधारहरूको निर्माण बाँकी रहेको र सोही विषयमा स्थानीयले आवाज उठाएपछि उद्घाटन कार्य रोकिएको हुनसक्ने जेएम युवा क्लबका अध्यक्ष सत्यनारायण माझीको भनाइ छ । कृषि मन्त्रालय अन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टले विश्व बैंकको सहयोगमा करीब १६ करोड रुपैयाँको लागतमा बजार निर्माण गरेको हो । कृषि थोक बजार सञ्चालनमा आउन नसक्दा विराटनगरको बीच बजारमा रहेको गुद्री बजारमा रहेको कृषि थोक बजार सार्न सकिएको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)