ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ करोड लागतमा भेरीगंगामा चिस्यान भण्डारण केन्द्र बन्दै

Jan 17, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

माघ ३, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा चिस्यान भण्डारण केन्द्र बन्ने भएको छ । २ करोड ९ लाख ५३ हजार ६२३ रुपैयाँको लागतमा भेरीगंगाको छिन्चुमा निर्माण हुन लागेको चिस्यान भण्डार केन्द्र निर्माण भएपछि प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने तरकारी, फलफूल, र बिउबिजन राख्न कृषकलाई सहज हुनेछ ।

हाल कर्णाली प्रदेशमा चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु बाँकेको कोहलपुरस्थित चिस्यान केन्द्रमा लगेर राख्नु परिरहेको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुलाई खेर जान नदिनका लागि चिस्यान केन्द्र स्थापना गर्न लागिएकोे भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले बताए । ‘भेरीगंंगाको छिन्चु नारी जागरण बहुउद्देश्यीय कृषि समूहको पहलमा चिस्यान केन्द्र निर्माण शुरु गरिएको हो,’ उनले भने, ‘उक्त आयोजना राम्रो भए नगरपालिकाको समन्वयमा अरु ठाउँमा पनि चिस्यान केन्द्र खोल्ने योजनामा छौं ।’ तोकिएको समयावधि भित्र चिस्यान केन्द्रको काम सम्पन्न गर्न आवश्यक सबै प्रक्रिया पूरा गरिएको उनको भनाइ छ ।

२०७६ बैशाखभित्र दुई सय मेट्रिक टन क्षमताको पफ प्यानलको चिस्यान केन्द्र निर्माणका लागि बुधवार शिलान्यास गरिएको छ । चिस्यान केन्द्र निर्माणका लागि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम)बाट ५८ लाख ५० हजार, भेरीगंगा नगरपालिकाबाट ६५ लाख, नारी जागरण बहुउद्देश्यीय कृषि समूहबाट ४१ लाख, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १५ लाख र गुर्भाकोट नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको नारी जागरण बहुउद्देश्यीय कृषि समूहका अध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिइन् ।

चिस्यान केन्द्र शिलान्यास कार्यक्रममा भेरीगंगा नगरपालिकाकी उपमेयर रेणु आचार्यले स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाबाट चाहिएको सहयोग सधैं उपलब्ध रहने प्रतिवद्धता व्यक्त गरिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)