ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधि प्रयोगले उखु कृषक थपिँदै

Jan 21, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । उखु रोप्ने, गोड्ने, काट्ने र खुट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएसँगै उखु खेतीतर्फ कृषकहरूको आकर्षण बढेको छ । प्रविधिको प्रयोगले कृषि मजदूरको अभाव हटेको कृषकको भनाइ छ । यन्त्रीकरणसँगै मोरङ, सुनसरी, झापामा उखु खेती गर्ने किसानको संख्यासमेत बढ्दै गएको छ । कृषकले उखुखेती लगाउन तयारी गर्दा खेतलाई गहिरो खनजोत गर्न एनबी प्लाउ, जमीनलाई नाला बनाउन ट्रेन्ज रिजर, उखुको फेदमा रहने खुट्टी व्यवस्थापन गर्न ¥याटन म्यानेजमेन्ट डिआइस मेशिनको प्रयोग हुन थालेको छ । उखु काट्न र ढुवानीका लागि लोड गर्ने हार्भेस्टरसमेत सुनसरी बर्जु गाउँपालिका–५ स्थित सुगर मिलले भित्र्याएको छ । उखु खेतीका लागि बहुआयामिक औजार भित्रिएपछि किसानहरूले राहत महसूस गर्न थालेका छन् । सुनसरी देवानगञ्जका उखु कृषक मनोज मेहताले भने, ‘पहिलाजस्तो अहिले हरेक काम हातले नै गर्नुपर्ने बाध्यता हटेको छ ।’ यसबाट समयको बचतदेखि उखुको पनि राम्रो स्याहार हुने र धेरै उत्पादन हुने उनी बताउँछन् । उखुको उत्पादनपछि यसको मूल्य र उखु बेच्न मिलसँग लामो जुहारी खेल्नुपर्ने भए पनि उखु खेतीमा यन्त्रीकरणसँगै पछिल्लो समय किसान समेत थपिएको मोरङ बक्रीका उखु किसान मनोज यादव बताउँछन् । शारीरिक मेहनतभन्दा प्राविधिक स्रोतसाधनको उपयोगले खेती सहज हुने भएपछि यस खेतीतर्फ किसान थपिएको उनको तर्क छ । उखु किसान घट्ने हो कि भन्ने चिन्ता यन्त्रीकरणले हटाएको छ । औजार भित्रिएसँगै यसै वर्षदेखि उखु खेती शुरू गरेका कैलाश साहले सबै प्रकारका मेशिन खरीद गरेर खेती भने गर्न नसकिने बताए । उखु काट्ने र लोड गर्ने हार्मेस्टरलाई १ करोड रुपैयाँको हाराहारीमा पर्ने गरेको छ । इस्टर्न सुगर मिलले गत वर्ष भित्र्याएको हार्भेस्टरले तीन जिल्लाका उखु कृषकको माग र आवश्यकता धान्न भने सकेको छैन । गत वर्ष झापा, मोरङ र सुनसरीका दुई हजार कृषकले ११ लाख ७८ हजार क्विन्टल उखु उत्पादन गरेर सो मिललाई विक्री गरेका थिए । यस वर्ष उखु उत्पादन गर्ने कृषकको संख्या २ हजार ४ सय पुगेकाले १५ लाख क्विन्टल उत्पादन अनुमान गरिएको छ । दैनिक ३० हजार क्विन्टल उखु पेल्न सक्ने क्षमता भएको सो मिललाई वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन भए आवश्यकता पूर्ति हुन्छ । मिलले भित्र्याएका मेशिनहरू उखु कृषकले भाडामा प्रयोग गरिरहेकाले तीनै तहका सरकारमार्फत कृषिमा आउने अनुदानबाट मेशिनहरू खरीद गरिनुपर्ने माग कृषकहरूले गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)