ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सिम्ता उज्यालो कार्यक्रम’का लागि ३० करोड

Jan 21, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । सुर्खेतको सिम्ता गाउँपालिकाको विद्युतीकरणका लागि ३० करोड बजेट स्वीकृत भएको छ । सामुदायिक ग्रामीण विद्युतीकरण विभागले उक्त बजेट स्वीकृत गरेको हो । विभाग र गाउँपालिकाको साझेदारीमा विद्युतीकरण गरिने भएको छ । गाउँपालिकाले ‘उज्यालो सिम्ता कार्यक्रम’ मार्फत विद्युतीकरणका लागि प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएकाले अब सामुदायिक विद्युतीकरण विभाग, गाउँपालिका र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने बताइएको छ । सिम्ता गाउँपालिकाका १२ वडामध्ये ९ वडामा यो योजना अनुसार विद्युतीकरण गरिनेछ । वडा नम्बर ५, ६ र ७ मा नेपाल विद्युत प्राधिकरणले नै विद्युत विस्तार गर्ने भएको छ । त्यसबाहेकका ९ वडामा ग्रामीण विद्युतीकरण साझेदारी योजना अन्तर्गत विद्युत् विस्तार गरिने गाउँपालिकाले बताएको छ । गाउँपालिकाले पहिलो सभाबाट उज्यालो सिम्ता कार्यक्रम अघि सारेको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले विभागसँग समन्वय गरेको छ । गाउँपालिका र विभागबीच भएको सम्झौता अनुसार १० प्रतिशत बजेट गाउँपालिकाको तर्फबाट विभागको खातामा जम्मा गर्नुपर्नेछ, जस अनुसार गाउँपालिकाले विभागको खातामा ३ करोड जम्मा गर्ने तयारी गरेको अध्यक्ष कवीन्द्रकुमार केसीले बताए । ‘सरोकारवालासँग समन्वय गर्ने र लगानीको सम्भावना खोज्ने काम सकिएको छ,’ उनले भने, ‘विभागले कार्यक्रमका लागि आवश्यक बजेट सहयोग गर्ने निर्णय गरेपछि काम अगाडि बढ्ने भएको हो ।’ विभागले विद्युत् निर्माण गरेपछि गाउँलाई हस्तान्तरण गर्नेछ । पहिलो गाउँसभाबाट लिएको तीनओटा नीति अनुसार काम भइरहेको केसीले बताए । गाउँपालिकाले सबै वडामा पहुँचमार्ग निर्माण गर्ने, उज्यालो सिम्ता र जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने रणनीति सभाबाट स्वीकृत गरेको थियो । पहुँचमार्ग अन्तर्गत वडादेखि गाउँपालिकाका सम्पूर्ण ठाउँमा सडक सञ्जाल पु¥याउने, उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत विद्युत् सेवा विस्तार गर्ने उद्देश्य छ । यस्तै आर्थिक, सामाजिक तथा सशक्तीकरणका क्षेत्रमा काम गर्न जनतासँग सिम्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समेत रहेको बताइएको छ । सिम्ताका सर्वसाधारणले दिएको शेयर र गाउँपालिकाको बजेटबाट १० प्रतिशत बजेट जम्मा भइसकेको छ । उक्त बजेट विभागको खातामा जम्मा गरेपछि गाउँपालिकाले विद्युतीकरणका लागि आवश्यक बजेट पाउनेछ । गाउँपालिकाले विद्युतीकरणका लागि विभागबाट २७ करोड पाउनेछ । त्यसपछि शेयर प्रमाणपत्र प्रदान गरिनेछ । १० प्रतिशत जनसहभागिता र ९० प्रतिशत विभागको आर्थिक सहयोगमा विद्युतीकरण गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)