ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण नभएको पुलको बजेट निकासा

Jan 22, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । संघीय सरकारले पठाएको बजेटबाट जिल्लाको गरुडा नगरपालिकामा तीनओटा पुल निर्माण नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट नगरपालिकाको १ स्थित जयनगर, वडा नम्बर ६ स्थित लमाहा नहर र पोठियाहीमा गरी ३ ओटा पक्की पुल बनाउन ९० लाख विनियोजन भएको थियो । आयोगको बर्दिबासको टोलीले नगरपालिकाले उपभोक्ता समिति बनाएर पुल नै नबनाई रकम निकासा गरेको विषयमा अनुसन्धान थालेको हो । अख्तियारको प्राविधिक टोलीले पुल निर्माण हुनुपर्ने स्थानको अवलोकन गर्नुका साथै स्थानीयको प्रतिक्रिया समेत लिएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले निकटका व्यक्तिहरूको उपभोक्ता समिति बनाएर गत असार २९ गते रकम निकासा गरी अनियमितता गरेको खुलेपछि अख्तियारको टोलीले नगरपालिकाको आवश्यक कागज नियन्त्रणमा लिएको छ । पुल निर्माणका लागि एक आर्थिक वर्षमा ३० लाखका दरले रकम विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७४/७५ मा वडा नम्बर १ र ६ मा साना पक्की पुल बनाउन नगरपालिकाले उपभोक्ता समितिलाई ३० लाखका दरले भुक्तानी दिएको थियो । सम्पन्न योजना निरीक्षणपछि मात्र भुक्तानी दिनुपर्नेमा काम नभएको योजनामा पूरै भुक्तानी दिनुले भ्रष्टाचार भएको पुष्टि हुने नगरपालिकाकी उपमेयर रंगिला देवी जयसवालले बताइन् । निर्माणको काम सम्पन्न नहुँदै रकम निकासा भएको थाहा पाएपछि समितिको खाता रोक्का गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ पन्थीले जानकारी दिए । आफू कार्यालयमा आउनुअघि नै उक्त काम भएको भन्दै उपभोक्ता समितिलाई दिएको निकासा रकम असुल हुनुपर्ने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)