ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोगवनी–किमाथांका सडक : १४ किमी ट्र्याक खोल्न कठिनाइ

Jan 23, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । नेपाल हुँदै भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी मानिएको जोगबनी–किमाथांका सडक निर्माणको अन्तिम चरणमा अन्योल देखिएको छ । सडकको बाँकी १४ किलोमिटरमा ट्र्याक खोल्न कठिनाइ देखिएको छ । उत्तर–दक्षिण कोशी सडक योजना खाँदबारीका अनुसार सर्वेअनुसारको स्थानमा अत्यन्तै ठूला भीर र चट्टान भएका कारण ट्र्याक खोल्न कठिनाइ देखिएको हो । अधिकांश ठाउँमा विस्फोट गरेर मात्रै ट्र्याक खोल्न सकिन्छ । उक्त काम कोशी सडक योजनाले गर्नेे कि नेपाली सेनाले भन्ने बारेमा अझै टुंगो नलागेको आयोजनाका इन्जिनीयर अजयकुमार साहले जानकारी दिए । यसका लागि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने भएकाले तत्काल काम रोकिएको उनले बताए । उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत पाँच वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०६५/६६ देखि सडकको काम शुरू गरिएको थियो । भारतको जोगवनी, नेपालको मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम संखुवासभा हुँदै चीनसँग सो सडक जोडिनेछ । त्रिदेशीय व्यापारिक महत्त्वको यो सडकको दूरी ३ सय ४० किलोमिटर रहेको छ । अरुण नदीको किनारैकिनार चीनको तिब्बती शहर रियुमा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि विराटनगर चीन र भारतको व्यापारिक केन्द्र बन्ने यस क्षेत्रका उद्योगी व्यापारीले विश्वास लिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)