ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा कृषि विकास बैंकको करीब ६ अर्ब लगानी

Jan 23, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

माघ ९, धनगढी । कृषि विकास बैंकले सुदूरपश्चिमका नौ जिल्लामा गरी चालू आर्थिक वर्षको पुस मसान्तसम्म ५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । कृषि विकास बैंक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीका अनुसार व्यावसायिक कृषि क्षेत्रमा पनि बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत लगानी बढ्दै गएको बैंकका धनगढीस्थित क्षेत्रीय कार्यालयका निर्देशक हरिशचन्द्र यादवले बताए ।

सो अवधिसम्ममा प्रदेशभित्र सञ्चालित शाखाहरु मार्फत कृषि व्यवसाय शीर्षकमा १ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ लगानी भएको उनले बताए । यो कूल कर्जा लगानीको २२ प्रतिशत हो । आर्थिक वर्ष २०७४/०७५ मा कृषि विकास बैंकले प्रदेशभित्र ३३ प्रतिशत लगानी गरेकोमा चालू आवको ६ महीनामा लगानी प्रतिशत थोरै कम भएको बताइएको छ । चालू आवको ६ महीनाको अवधिमा बैंकले कृषि बाहेकका क्षेत्रमा गरी करीब साढे ४ अर्ब लगानी गरेको निर्देशक यादवले बताए ।

बैंकको क्षेत्रीय कार्यालय धनगढीको तथ्यांक अनुसार विगतमा ५० प्रतिशतभन्दा बढी लगानी कृषिमा रहेपनि पछिल्लो समय अनुत्पादक क्षेत्रमा लगानी बढेको छ भने कृषि क्षेत्रको लगानीदर घट्दै गएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई कुनै एउटा क्षेत्रमा ४० प्रतिशतभन्दा बढी लगानी नगर्न निर्देशन जारी गरेकाले कृषि क्षेत्रको लगानी घटाउनु परेको दाबी बैंकको छ ।

सुदूरपश्चिम प्रदेशमा कृषि विकास बैंकका एक क्षेत्रीय सहित २७ ओटा शाखा कार्यालय सञ्चालनमा छन् । प्रदेशभित्र सञ्चालित २७ ओटा शाखाहरुमा करीब एक लाख दुई हजार कृषि विकास बैंकका सेवाग्राही छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)