ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुमको विकासमा संघ र प्रदेशबाट १ अर्ब बजेट

Jan 25, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुम पश्चिमका स्थानीय तहमा १ अर्बभन्दा बढी बजेट छुट्ट्याइएको छ । रुकुम पश्चिममा आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकार र प्रदेश सरकारको तर्फबाट १ अर्ब २७ लाख ३८ हजार बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका योजना र संघीय सरकारबाट सशर्त अनुदान सहित जिल्लालाई उक्त बजेट प्राप्त भएको उल्लेख छ । प्रदेश सरकारका विभिन्न मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार जिल्लाका स्थानीय तहका मन्त्रालयबाट ५४ करोड ३६ लाख १६ हजार र संघीय सरकारबाट दिने सशर्त अनुदानमा ४५ करोड ९१ लाख २२ हजार बजेट विनियोजन गरिएको छ । यसमध्ये भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट २० करोड ९६ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट १५ करोड ८० लाख ५० हजार, उद्योग पर्यटन तथा वन मन्त्रालयको तर्फबाट ८ करोड ४० लाख, सामाजिक विकास मन्त्रालयको तर्फबाट ८ करोड ३ लाख र आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट १ करोड १६ लाख ६६ हजार रुपैयाँ बजेट छ ।

प्रदेश सरकार र संघीय सरकारबाट समेत गरी आठबिसकोट नगरपालिकाले १४ करोड ४५ लाख ९२ हजार छ । यसैगरी मुसीकोट नगरपालिकाले १२ करोड १० लाख २ हजार, चौरजहारी नगरपालिकाले ३३ करोड ७९ लाख ८६ हजार, सानीभेरी गाउँपालिकाले ८ करोड ९० लाख १८ हजार, बाँफिकोट गाउँपालिकाले ५ करोड ९६ लाख २१ हजार र त्रिवेणी गाउँपालिकाले ४ करोड ५३ लाख ५० हजार प्राप्त गरेका छन् । यसबाहेक जिल्लाभरका लागि ४ करोड ८५ लाख बजेट खर्च हुने र संयुक्त रूपमा केही स्थानीय तहले १४ करोड १ लाख ६९ हजार बजेट खर्च गर्न पाउनेछन् । यो रकम खासगरी दुई वा सोभन्दा बढी स्थानीय तहसँग जोडिएका योजना कार्यान्वयनमा खर्च हुनेछ । संघीय सरकारबाट प्राप्त गर्ने रकम सशर्त अनुदान भएकाले संघीय सरकारले नै तोकेका योजना र कार्यक्रममा खर्च गरिने चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले बताए । प्रदेश सरकारबाट पाउने रकममा भने आफूहरूले अरूभन्दा कम पाएको उनको गुनासो छ । प्रदेशबाट बजेट विनियोजन गर्दा स्थानीय तहमा स्वामित्व हुनेगरी समानुपातिक रूपमा गर्न आफूहरूले अनुरोध गरेको उनको भनाइ छ । यस वर्ष बजेट कम भएकाले पछि परेका तहलाई आगामी वर्षको बजेटबाट न्यायोचित बाँडफाँट गर्नुपर्नेमा जोड दिइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)