ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राधिकरणलाई आइकाओको ‘ट्रेन एयर प्लस’ को पूर्ण सदस्यता

Jan 28, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले आइकाओ (विश्व नागरिक उड्डयन संगठन) को ‘ट्रेन एयर प्लस’ पूर्ण सदस्यता पाएको छ । सन् १९७४ देखि यूएनडीपी र आईकाओ प्रोजेक्टअन्तर्गत रही स्थापना भएको प्रशिक्षण प्रतिष्ठानले यो प्रमाणपत्र पाएको प्राधिकरणले जानकारी दिएको छ । प्रशिक्षण प्रतिष्ठानले हाल हवाई क्षेत्रमा आवश्यक एयर ट्राफिक कन्ट्रोल (एटीसी), फायर फाइटिङ, इन्जिनीयरिङ, हवाई सुरक्षालगायतको जनशक्ति उत्पादन गर्दै आएको छ । प्रतिष्ठानले सन् २०१२ मा एशोसिएट मेम्बरको रूपमा तालीम दिँदै आएको थियो । प्राधिकरणले हालै तयार पारेको एरोड्रम ह्यान्डिलिङ कोर्स आइकोओबाट स्वीकृत भएको र नेपालले आइकाओ ट्रेनिङ प्लसको पूर्ण सदस्यता प्राप्त गरेकाले अबदेखि नेपाली जनशक्ति मात्र नभई विदेशी जनशक्तिलाई समेत तालीम प्रदान गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ । आइकाओको सर्टिफाइड तालीम केन्द्रको रूपमा रहेको प्रतिष्ठानलाई अब एशिया प्यासिफिक रिजनको तालीम केन्द्रकै रूपमा विकास गर्ने बाटो खुलेको प्राधिकरणका अधिकारीले जानकारी दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)