ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी उत्पादन कम हुने खालका उखुको मूल्य घटाइयो

Jan 29, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । श्रीराम सुगर मिल्स गरुडाले कम चिनी उत्पादन हुने उखुको मूल्य १२ प्रतिशतले घटाएको छ । उत्पादन कम दिने उखुको मूल्य घटाएर खरीद गर्न उखु उत्पादक संघ र मिल्स प्रशासनबीच सहमति भएको छ । उखु उत्पादक संघका अध्यक्ष अशोक यादव र मिल्सका प्रमुख पिके झाबीचको छलफलमा ९३०२ ‘जयनाथ’ जातको उखुमा चिनीको मात्रा कम भएकाले प्रतिक्विन्टल १२ प्रतिशतका दरले मूल्य घटाउने सहमति गरेको हो । उद्योगले उक्त जातको उखु खरीद गर्ने तयार नभएपछि मूल्य घटाएर भए पनि विक्री गर्ने सहमति भएको संघका अध्यक्ष यादवले बताए । छिटो उत्पादन गर्न किसानले उक्त जातका उखु खेती गरे पनि समयमा मिल सञ्चालन नहुँदा समस्या भएको उनको भनाइ छ । उखुको मूल्य समयमा निर्धारण नहुँदा मंसिरमा क्रसिङ गर्ने चिनी मिल यसपटक माघको पहिलो सातादेखि सञ्चालनमा आएको अध्यक्ष यादवले बताए । चिनी मिलले सो जातको उखु अब ४७१ रुपैयाँ ६८ पैसामा खरीद गर्नेछ । गत वर्ष मिलले १० प्रतिशत मूल्य घटाएर उक्त जातको उखु खरीद गरेको थियो । सहमति अनुसार बिओ १५०, कल्क ८१०२ (लोहासिंह) तथा कास ९१२६९ (शेरेपञ्जाब) जातमा ५ प्रतिशत मूल्य घटाउने सहमति भएको छ । मिल्सका उखु महाप्रबन्धक पवनकुमार झाका अनुसार यी जातको उखुमा चिनीको मात्रा कम हुने भएकाले मूल्य घटाइएको हो । उक्त जातको उखुको खेती नगर्न गत वर्षदेखि नै किसानलाई मिलले आग्रह गर्दै आएको उनले बताए । रौतहटमा करीब दुई हजार बिघामा ९३०२ जात र एक हजार बिघामा अन्य जातको उखु खेती भएको उखु महाप्रबन्धक झाले बताए । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँको दरले तोकेपछि चिनी मिल सञ्चालनमा आएका हुन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)