ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमका ७९ स्थानीय तहमा बैंक शाखा

Jan 30, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ७९ स्थानीय तहमा बैंक शाखा स्थापना भइसकेका छन् । ९ ओटा स्थानीय तहमा मात्रै बैंक शाखा नपुगेको नेपाल राष्ट्र बैंक धनगढीले जानकारी दिएको हो । प्रदेशको अर्थ मन्त्रालयले ‘नागरिकको वित्तीय संस्थासँग पहुँच’ भन्ने कार्यक्रम सञ्चालन गरे पनि ९ ओटा स्थानीय तहमा अझै बैंक शाखा पुगेका छैनन् । प्रदेशभित्रका ९ जिल्लाभित्र ८८ ओटा स्थानीय तहमध्ये नेपाल राष्ट्र बैंकका अनुसार ७९ ओटा स्थानीय तहमा बैंक स्थापना भई कारोबार शुरू भएको छ । स्थानीय सरकार सञ्चालनमा आएको डेढ वर्ष भइसक्दा पनि सबै स्थानीय तहमा बैंक विस्तारमा भएको ढिलाइले सुदूरपश्चिम प्रदेशमा अझै ठूलो जनसंख्या वित्तीय पहुँचबाहिर छ । तराईका दुई जिल्ला कैलाली, कञ्चनपुर र पहाडी दुई जिल्ला दार्चुला र बैतडीका सबै स्थानीय तहमा बैंक स्थापना भएका छन् । बाजुराका तीन स्थानीय तह पाण्डव गुफा, स्वामीकार्तिक र गौमुल, बझाङको काँडा र थलारा, अछामको चौरपाटी र मेल्लेख, डोटीको बडीकेदार र डडेल्धुराको नवदुर्गामा बैंक स्थापना नभएको नेपाल राष्ट्र बैंक धनगढीका उपनिर्देशक मनोज पोखरेलले बताए । अहिले बैंक स्थापना गर्दा अनुमति नलिई शाखा स्थापना गरेर राष्ट्र बैंकलाई जानकारी मात्र गराउनुपर्ने व्यवस्था रहेको छ । केही स्थानमा बैंक तथा वित्तीय संघसंस्थाका लागि चाहिने पूर्वाधारसमेत नपुगेकाले स्थापना गर्न नसकिएको स्थानीय तहहरूले बताउने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)