ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वस्तिक पोलिमर्सका ९५ प्रकारका प्लास्टिकका भाँडावर्तन बजारमा, उद्योगमा लगानी थपिंदै

Jan 31, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
माघ १७, विराटनगर । विराटनगरका एके राठी र रमेश राठी समूहको संयुक्त लगानीमा स्थापित स्वस्तिक पोलिमर्स प्रालिले पहिलो चरणमा ९५ प्रकारका प्लास्टिकका भाँडावर्तन बजारमा ल्याएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा ३० करोडको लगानीमा खुलेको स्वस्तिक पोलिमर्सले केही दिन अघिदेखि व्यावसायिक उत्पादन शुरु गरेको हो । उद्योगले एक महीनायता पोखरा, बुटवल, विराटनगर र बिर्तामोडमा आयोजित ब्यापारिक प्रदर्शनीमा भाग लिइसकेको र ग्राहकले यसका उत्पादनलाई मन पराएको सञ्चालक रमेश राठीले बताए । दोस्रो चरणमा ३० करोड लगानी थपेर प्लास्टिकका थप घरायसी सामान, फर्निचर र ड्रमको पनि उत्पादन गरिने सञ्चालक राठीले बताए । स्वस्तिक पोलिमर्सका सामान देशभरका मुख्य बजारमा पुर्याएको उनले बताएका छन् । ‘बजारमा धेरै कम्पनीका पोलिमर्सका भाँडावर्तन आएका छन’, संचालक राठीले भने, ‘तर स्वस्तिक पोलिमर्सका उत्पादनका बुट्टालाई उपभोक्ताले विशेष रुचाएका छन ।’ साढे दुई बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा पूर्ण स्वचालित मेसिन राखिएको र पहिलो चरणमा ५० जनालाई रोजगारी दिएको संचालक राठीले बताए । शुरुआती चरणमा झन्डै ५ दर्जन कामदार राखेर उत्पादन शुरु गरेको र दोस्रो योजनामा २ सयभन्दा बढी कामदारको आवश्यकता पर्ने कम्पनीको भनाई छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)