ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय योजना आयोगद्वारा उत्पादकत्वमा जोड

Feb 1, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

माघ १८, सुर्खेत । राष्ट्रिय योजना आयोगले देशको आर्थिक समृद्धिका लागि कृषिजन्य तथा औद्योगिक उत्पादकत्व बढाउन जोड दिएको छ । आयोगले उत्पादन बढाउँदै देशमा गरिबी घटाउने लक्ष्यका साथ सरकार अघि बढ्नु पर्ने बताएको छ ।

आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने कर्णाली प्रदेश परामर्श बैठकको अन्तिम दिन बिहीवार कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दल र सरोकारवालाहरुसँग १५औं योजनाको मस्यौदामाथि राय सुझाव संकलन गरेको हो । आयोगले देशको मुख्य शत्रु रहेको गरिबीको अन्त्य गर्न देशभित्रै रोजगारी सृजना हुनुपर्ने बताएको छ । आयातलाई नित्साहित गरी निर्यातमा जोड दिनुपर्ने बेला आएको र सन्तुलित विकासमा सबैको सहभागिता हुनुपर्ने आयोगको बुझाई छ ।

परामर्श बैठकमा कर्णाली प्रदेशका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरुले कर्णालीको समृद्ध विकासका लागि संघीय सरकारले कर्णालीको आवश्यकतामा आधारित योजना छनौट गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुका अनुसार कर्णालीको सडक, विद्युत, कृषि, शिक्षा र स्वास्थ्यमा विशेष लगानी गर्न आवश्यक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)