ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेउवा महासंघका प्रदेश–१ अध्यक्षको संयोजकत्वमा नीतिगत संवाद मञ्च गठन

Feb 4, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

माघ २१, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ ले सार्वजनिक–निजी नीतिगत संवाद मञ्च गठन गरेको छ । उद्योगी, व्यवसायी र कृषकहरूले बेहोर्नु परेको नीतिगत तथा प्रशासनिक कठिनाइ समाधानका लागि महासंघ प्रदेश अध्यक्ष नरेन्द्र कुमार खड्काको संयोजकत्वमा मञ्च गठन गरिएको हो ।

सम्बन्धित निकायमा छलफल गरी सबै समस्या एकद्वार प्रणालीबाट समाधानका उपाय पत्ता लगाउने उद्देश्यले गठित मञ्चमा महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष राजेन्द्र राउत सदस्य रहेका छन् । प्रदेश सरकारअन्तर्गत रहेका सबै मन्त्रालयका योजना महाशाखाका प्रमुख वा प्रतिनिधि र सम्बन्धित विषयका एकजना विज्ञलाई सदस्यमा मनोनित गरिने बताइएको छ ।

विराटनगरमा बसेको महासंघको बैठकले नेपाल–बंगलादेश व्यापार प्रवर्द्धनका लागि नेपालबाट बंगलादेश निर्यात गर्न सकिने वस्तुहरूको पहिचान गर्ने तथा विद्यमान नीतिगत कठिनाइहरूको सम्बन्धमा बृहत अन्तरक्रिया गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष एवम् मञ्चका संयोजक खड्काले बताए । ति कठिनाइको उचित समाधानका लागि सम्बन्धित निकायसँग छलफल गरिने उनको भनाइ छ ।

नियमित रुपमा प्रदेश, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले स्थानीयस्तरमा सार्वजनिक–निजी नीतिगत संवाद सञ्चालन गर्ने गरी खाका तयार गरिएको छ । ‘स्थानीयस्तरमा संवाद गरी नीतिगत कठिनाइहरू पहिचान गरी स्थानीयस्तरमै समाधान हुनेछ,’ महासंघका प्रदेश उपाध्यक्ष एवम् मञ्चका सदस्य राउतले भने, ‘यदि स्थानीयस्तरबाट समाधान हुन सकेन भने मञ्चमार्फत पहल गरिनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)