ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गलत डिजाइनले ३ करोडको पुल विवादित

Feb 5, 2019  
Uncategorized
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगर–१, सिंघिया खोलामाथि निर्माणाधीन पुल गलत डिजाइनका कारण विवादित भएको छ । डिजाइन सच्याउनका लागि भन्दै तत्कालका लागि निर्माण रोकिएपछि स्थानीय आक्रोशित भएका छन् । सडकको सतहभन्दा साढे तीन मिटर अग्लो पुल बन्ने भएपछि निर्माण विवादित भएको हो । गत बिहीवार बिहान पुलको काम रोकेर ठेकेदारले कामदार र सरसामान अन्यत्र लाने प्रयास गरेपछि स्थानीय विरोधमा उत्रिएका थिए । पुल निर्माणका लागि ल्याइएको सामान र उपकरण अन्यत्र लैजान खोजेपछि स्थानीयले विरोध व्यक्त गरेका हुन् । केन्द्रीय बजेटबाट निर्माण भइरहेको सो पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शन र कार्की बन्धु जेभीले लिएका छन् । ६४ दशमलव १० मिटर लम्बाइको सो पुल २०७३ असोज ६ गते सम्झौता भएर २०७५ असोज ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, हालसम्म पुल निर्माण हुन सकेको छैन । ठेकेदार पक्षले विभिन्न बहाना बनाएर पुल निर्माणलाई लम्ब्याउँदै गएको सरोकारवालाको भनाइ छ । रू. ५ करोड ७९ लाख ७५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो पुल निर्माणको निगरानी भने डिभिजन सडक कार्यालय विराटनगरले गरिरहेको छ । स्थानीय र ठेकेदारबीच विवाद भएपछि निर्माणस्थल पुगेका सडक डिभिजन कार्यालयका इन्जिनीयर दीपक झाले पुलको डिजाइन सडकभन्दा ३ मिटर बढी माथि उठ्ने देखिएकाले डिजाइन पुनरवलोकनका लागि विभागमा पठाइएको जानकारी दिए । यता ठेकेदार पक्षले भने आफ्नो कारणले निर्माण नरोकिएको दाबी गरेको छ । ठेकेदार पक्षका इन्जिनीयर राजकुमार साहले निर्माणस्थल माथि भएको हाइटेन्सनको तारका कारण निर्माणमा ढिलाइ भएको तथा इस्टिमेट गरी काम लगाउने निकायले नै डिजाइन पुनरवलोकनका लागि तत्काल निर्माण रोक्न लगाएको दाबी गरे । ठेकेदार पक्षले पुल निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको बताएको छ । सो विषयमा सडक डिभिजन कार्यालय विराटनगरले ठेकेदार पक्षले ३ करोड २३ लाख भुक्तानी लगिसकेको जानकारी दिएको छ भने ६ महीना म्याद थप्ने प्रक्रियामा रहेको समेत बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)