ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन साथीको अब निःशुल्क ‘जीवन बीमा’

Feb 6, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमितहरूले अब आफ्नो जीवन साथीको निःशुल्क रूपमा ‘जीवन बीमा’ गराउन पाउने भएका छन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ‘जीवन साथी बीमा योजना’ ल्याउने भएपछि बीमितहरू यस्तो सुविधा पाउने भएका हुन् । उक्त योजनाअनुसार कुनै पनि व्यक्तिले आप्mनो जीवन बीमा गर्दा निजका पति/पत्नीको निःशुल्क रूपमा बीमा हुने बताइएको छ । कम्पनीका सचिव विनोदकुमार भुजेलले आर्थिक अभियानसँग भने, ‘ग्राहकको हितलाई दृष्टिगत गर्दै यस्तो बीमा योजना ल्याउन लागेका हौं । फागुन २ गते ‘प्रेम दिवस’को सन्दर्भ पारेर फागुन १ गतेभित्र यस योजनालाई औपचारिक रूपमा सार्वजनिक गनेछौं ।’ उक्त बीमा योजना बीमा समितिबाट स्वीकृत पनि भइसकेको छ । हाल कम्पनीको अन्डरराइटिङ समूहले उक्त पोलिसीमाथि आवश्यक छलफल गरेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । योजनाअनुसार बीमा अवधिमा बीमितको निधन भएमा इच्छाएको व्यक्तिले बीमांक र बोनस रकम पाउनेछन् । साथै, बाँकी अवधिसम्म निजको पति÷पत्नीको बीमांकको ५० प्रतिशतबराबरको निःशुल्क बीमा हुने कम्पनीको भनाइ छ । योजनाअन्तर्गत बीमा गर्दा न्यून बीमाशुल्कमा उच्च लाभ लिन सकिने बताइएको छ । साथै, अधिकतम रू. ७५ लाखसम्मको दुर्घटना लाभ बीमा पनि समावेश गरिएको कम्पनीको भनाइ छ । हाललाई यसका अन्य विशेषता खुलाइएको छैन । यो योजनाको औपचारिक रूपमा सार्वजनिक गर्दा बीमाशुल्क, बीमांक, रक्षावरण हुने जोखिम, बीमितले पाउने सुविधासम्बन्धी जानकारी गराइने सचिव भुजेलको भनाइ छ । यसअघि नेपाल लाइफ इन्स्यारेन्सले ल्याएको ‘जीवन सारथी बीमा योजना’ यस्तै प्रकृतिको देखिन्छ । तर, उक्त बीमा योजनाभन्दा जीवन साथी बीमा योजना पृथक् रहेको कम्पनीको भनाइ छ । कम्पनीका सचिव भुजेलले भने, ‘एउटै प्रकृति देखिए पनि बीमालेखको प्रकृति र बीमितले पाउने सेवासुविधा फरक छन् ।’ साथै, यसमा दुर्घटना लाभ बीमालगायत थप सुविधा रहेको कम्पनीले बताएको छ । कम्पनीले यसअघि पनि पेन्सन प्लान बीमा योजना सार्वजनिक गरिसकेको छ, जुन नेपाली बीमा बजारमा पृथक् मानिन्छ । यसका अतिरिक्त कम्पनीले ‘धन फिर्ता योजना’, ‘अमूल्य जीवन’, ‘जीवनश्री’ जस्ता बीमा योजनामा प्रचलनमा ल्याइसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)