ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा उच्च गतिको ‘ब्रोडब्यान्ड’ विस्तार गरिँदै

Feb 6, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । कर्णालीमा अप्टिकल फाइबर प्रणालीमार्फत टेलिफोन तथा इन्टरनेट विस्तारको तयारी गरिएको छ । उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले पूर्वाधार निर्माण प्रक्रिया थालेको नेपाल टेलिकम, सुर्खेत शाखा प्रमुख नवराज खतिवडाले जानकारी दिए । अप्टिकल फाइबर प्रणाली भविष्यमा चीनसँग जोडेर दुई देशबीचको व्यापार समेत सहज बनाउने लक्ष्य लिइएको छ । यसअघि यो प्रणाली मेची–महाकाली राजमार्गमा सञ्चालनमा ल्याइएको थियो । अहिले कर्णाली राजमार्गसँगै मध्यपहाडी लोकमार्गलाई आधार मानेर ब्रोडब्यान्ड विस्तार गर्न लागिएको खतिवडाले जानकारी दिए । संघीय संरचना अनुसार कर्णालीमा मध्यपहाडी लोकमार्ग र आसपासका सहायक सडकमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आवेदन माग गरी सेवा प्रदायक छनोट गरिएको छ । विभिन्न १५ ओटा प्याकेजमा कर्णाली, प्रदेश नं ७ र २ का अधिकांश जिल्लामा इन्टरनेट नेटवर्क विस्तारका लागि प्राधिकरणले सेवा प्रदायक छनोट गरेको हो । प्रदेश नं ४ र ५ अन्तर्गत मध्यपहाडी लोकमार्गमा यो काम सम्पन्न गर्न युनाइटेड टेलिकम (यूटीएल)ले २ अर्ब रुपैयाँ प्राप्त गरेको छ । सम्झौता अनुसार कम्पनीले गोरखाको आरुघाटदेखि रुकुमको मुसीकोटसम्म फाइबर बिछ्याउनु पर्नेछ । प्राधिकरणले मध्यपहाडी लोकमार्गमा अब्टिकल फाइबर बिछ्याउन मात्र करीब १० अर्ब लगानी गरेको छ । उक्त कामका लागि नेपाल टेलिकमसँग करीब ५ अर्ब रुपैयाँको सम्झौता गरिएको छ । यसैगरी रुकुमको मुसीकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर विस्तारका लागि स्मार्ट टेलिकमले रू. ३ अर्ब रुपैयाँमा जिम्मा पाएको छ । यो प्रविधिको टेलिफोन सेवा शुरू भएपछि उपभोक्ताले गुणस्तरीय सञ्चार सुविधा पाउने टेलिकमको सुर्खेत शाखा प्रमुख खतिवडाले बताए । ‘यो प्रविधिको प्रयोगले टेलिफोन र इन्टरनेट सेवा छिटो र भरपर्दो हुनेछ,’ उनले भने, ‘यसबाट बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र सर्वसाधारण विशेष लाभान्वित हुनेछन् ।’ हाल कर्णालीका दुर्गममा सीडीएमए र भी–स्याट टेलिफोन प्रयोगमा छन् । बैंकहरूले आफ्नो आन्तरिक नेटवर्कका लागि पनि स्याटेलाइट सिस्टमको सञ्चार साधन प्रयोग गरिरहेका छन् । खतिवडाका अनुसार अप्टिकल फाइबर बिछ्याएको ४ किलोमिटर आसपासमा एक्सचेन्जमार्फत तत्काल फोन जडान गर्न सकिनेछ । अप्टिकल फाइबर बिछ्याउन धेरैजसो सामान सुर्खेत आइपुगेको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)